विश्वको सबैभन्दा बढी भूकम्प गइरहने यो देश जापानको एक छेउ सहरमा रहेको हिमाल जस्तै अग्लो भवनको एक बन्द कोठामा रही त्यही पुराना माया प्रेमलाई आफ्नो समिपमा राखी यो मन बेचैन भइरहेको छ । भुकम्पका पराकम्पन जस्तै मोवाइलमा घण्टी र भाइब्रेट हुदा तिम्रै म्यासेज र फोन आए जसरी यो मन छिया छिया भएको छ ।
म संग आफ्नै आगन अगाडी (जापानको अग्लो शिखर) फुजी सान नभएको पनि होइन तर पनि तिमीसंग अंगालोमा बाधिएको कन्चनजङ्गाको त्यो सामीप्यता खोजि रहेको छ। यहा गुड्ने हरेक रेलको बेग संगै म गुडिरहदा त्यो बेगमा बहने हरेक हावाको झोकाले तिम्रो स्पर्श खोजिरहेको छ। समुन्द्रको छेउमा बसेर ति छालका बहाब हेर्दे गर्दा हामी दुई फेवतालको त्यो ढुङगा माथी संगै घुम्दै गर्दा हामी भविष्यमा छुटिने डरले रोएर बगाएका ति आशुका थोपा मिसिएको जस्तो लाग्छ।
तर, हिजो तिमी मेरो बास्तबिकताबाट टाढा थियौ आज म आफ्नै परिस्थीतीले तिमीबाट टाढा हुदैछु आशा गरौ भोलिका दिनमा हामी दुबैबाट कुनै ठुलो भुल नहोस । यसैमा म धेरै खुसी छु।
तिम्रा मेरा अनगिन्ती सम्झनाका तस्वीर छन ति मध्ये क्यामारामा कैद भएका हजारौ तस्विर मध्ये निकालिएको यो चित्रले भोलिका दिनमा आफ्नो चरित्र कस्तो बनाउने भन्ने बारे सोचिरहेछ ।
कसैको जिबनमा मेल खाएमा केबल संयोग मात्र हुनेछ।
लेखक सुजन के सी पर्वत हाल फुकुओका जापान