
कबिता
म प्रदेश, आमा, घर अनि याद
आमाको अनुहार मनमा, बिहानै टल्किन्छ,
घरको धुलो सम्झिँदा, आँसु चुपचाप ढल्किन्छ।
टाढा शहरको भीडमा, आफन्त कोही छैन,
भिडभाडले छोपे पनि, मन भने खोली छैन।
परदेशको उज्यालोमा, अन्धकार जस्तो पीडा,
घरको भित्तामा माटो हो, यहाँ त केवल सिमेण्टको सीधा।
माआमा, तिम्रो “खान्छस्?” भन्ने स्वर,
फोनमा पनि सुनिँदा, पग्लन्छ हृदय भर।
बल्ल बल्ल कमाउँछु, तिम्रै हातमा पठाउँछु,
तर त्यो रुपियाँले आमाको माया कहाँ किन्न सक्छु?
रातभर तारा हेर्दा, गाउँको आकाश सम्झिन्छु,
म परदेशमा भए पनि, मन त तिम्रै आँगनमा
भुमि सुबेदि ( पर्बत )





















