
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पाेखरा,राम प्रसाद पाैडेल।पाेखरा १९ घार्मी मैदानका जेष्ठ नागरिक एकल आमाहरु तिज आउँदै गर्दा हम्काइलाे र पुराना भाकाहरु सम्झन्छन् । आमाहरु भन्छन् ” उ बेलाकाे तिज र अहिलेकाे तिजमा आकास जमिनकाे अन्तर छ । उतिखेर हामी तिज आएपछि आफ्नै गाउँ ठाउँका दु:ख, पीडा र बेदनाहरु गितकाे भाकामा बाधेर गाउँदथेउ, अहिलेकाे जस्ताे छाडा गित थिएनन्, न त त्यतिखेर अहिलेकाे जस्ताे तिज आउन कहाँ हाे कहाँ एक महिना पहिल्यै देखि दर खाने चलन थियाे, उ बेला त तिज आउन २-३ दिन छन् भनेपछि बल्ल माईतीकाे बाटाे हेर्थेउ आैसी,परेवाकाे साँझ सम्म माईतीकाे आँगन टेक्न पाए आफुलाई भाग्यमानी ठान्थेउ । त्याे बेला जे छ घरमै उव्जेकाे तिहुन तरकारी, घरकै चाेखाे भुटुन गरेर तिज मान्थेउ,। अहिलेकाे जस्ताे बजारिया चिजबिज केही थिएन ।
दर भनेकाे त उपासनेकाे दिन दिनभरि भाेकै बस्न पर्ने भएकाले अघिल्लाे दिन वा राति चिल्लाे चाप्राे पु-याएर दराे गरेर खानेलाई दर भनिन्थ्याे ।अहिले त एकमैना पहिल्यै देखि घर घरमा भाेज भतेर, हाेटल र रेष्टुरेन्टहरुमा भीड,भाड, माछा मासु , खै के के हाे, के के बाबु ?? चाड बाड बिगारे हिजाे आजकाले। त्यतिबेला चाड बाडहरु निर्वाह गरेर घाँटी हेरेर हाड निल्ने तरिकाले मान्थेउ, माइताँ जे खाए पनि बयेर्नी नै खाए झै लाग्थ्याे कर्कलाकाे गाबाे मात्र भए पनि सन्सार भरिकै खुशी पाए जस्ताे हुन्थ्याे ।
उ बेला चाड आएपछि मनैदेखि खुशी हुन्थेउ। साना साना कुराले पनि धेरै खुशी पाए जस्ताे लाग्थ्याे। त्याे बेला चाडबाड भनेकाे मनाउनलाई मान्दथेउ तर हिजाे आज त देखाउनलाई मान्ने भयाै । अब त अलि नसक्ने र निम्छराे मुुन्छेलाई त याे चाडबाड पनि नआईदिए हुन्थ्याे जस्ताे भयाे ” उतिखेर तिज भन्नु खान लाउन भन्दा पनि बर्षभरि छुट्टिएका छाेरी चेली एकैदिन भए पनि एकै ठाउँमा बसेर गितकाे भाकामा आ-आफ्ना व्यथा सुन्ने सुनाउने गर्थेउ। जनै लाउने गएपछि मुन्छेहरु तिजका गीत बाध्न थाल्थे। मेलाे पाताेमा गाउथेउ , बेलुका घर आएपछि टुकी, ढेब्री बालेर ढिकी जाताे गर्दै तीजका भाका गुनगुनाउथेउ ।
तिजकाे मुखैमा छाेरी चेली जम्मा भएर कहिले कसैकाे घराँ, कहिले कसैकाेमा गीत बाध्ने, गाउने चलन थियाे । उपासदाकाे दिन दिनैभरि पुराना भाका र हम्काइलाे सुनिन्थ्याे। अब त हम्काइलाे पनि हराउन लागिसक्याे, हिजाे आज छाेरि बुहारीलाई हम्काइलाे भन्दा ” त्याे भनेकाे कुन काईलाे हाे आमा” भनेर साेध्दछन् । उतिखेरका तिजका गित कति गमिला हुन्थे, कति रहनीका र कति राम्रा हुन्थे जति सुने पनि सुनाै सुनाै लाग्ने , हिजाे आज त के हाे कुन्नि उत्ताउलाे उत्ताउलाे गाउँछन्, साह्रै छाडा, नाच पनि त्यस्तै उरन्ठउलाे नाच्छन् के हाे के , यसाे टि बि खाेलेर हेर्न खाेज्याे छाेरा बुहारी नाति नातिनासंग बसेर हेर्न पनि दकस लाग्ने गीत। हेर बाबु ! हामिले मान्ने तीज त यस्ताे थिएन कति गमिलाे हुन्थ्याे। मुन्छेले गति छाेड्दै गए , चाडबाड पनि चाडबाड भन्नुमात्र भयाे अब त” भन्नुहुन्छ उहाँहरु ।
फरक फरक ठाउँबाट डाेलि अन्मिएर यस गाउँमा भित्रिई सिङ्गाे जिन्दगी सङ्घर्ष र जिउनुकाे निर्वाहमा गुजार्दै आएका यी आमाहरु हिजाे याे गाउँमा आएदेखि याे उमेरसम्म कसैले कसैकाे मन कुड्याएकाे छैनन्। जसरी दुलहीकाे घुम्टाे ओढेर गाउँ भित्रिएका थिए त्यसरी नै आजसम्म एक आपसकाे मान मर्यादा र हित्त चित्तकाे मिलति मनले एक अर्काका हित्त हितैसी बनेर बसेका छन् । हिजाे अर्म पर्म मेलाे खेतालाे र बनि बुटाे गर्दा एउटै पटुकीका खट्टे सिराैला बाडी चुडी खाएका यी आमाहरुकाे मन आज पनि एउटै छ। फुर्सद भयाे कि आमाहरु एकै ठाउँमा जम्मा हुन्छन् दुना ,टपरी र बत्ति काढ्दै धर्म, कर्म,तिर्थ ब्रत, र ज्ञान ज्ञुनका कुरासंगै आ-आफ्ना दुखसुखका कुरा गर्दै समय गुजार्छन् ।
उमेरले काेही सत्तरीकाे नजिक र काेही पचहत्तर काटिसकेका यी आमाहरु कलिदेबी पाैडेल खेम कुमारी पाैडेल , गंगादेबी पाैडेल , इन्द्रदेबी पाैडेल , छलिदेबी पाैडेल,तुलसी पाैडेल , राधादेबी पाैडेल ,र शिव बि.क यी सबै आमाहरु एकलआमा हुनुहुन्छ ।
एकल जीवनकाे सन्दर्भमा बाेल्दै आमाहरु भन्नु हुन्छ । “जति जे भए पनि सुख्खै सुख्खमा बसेर मिठै मिठाे खाएपनि आफ्ना खसम भए जस्ताे त कहाँ हुन्छ र । छाेरा बुहारी नाति नातिनाले माया गर्छन् , सुख्खै सुख्खले राखेका छन् । खान लाउन, दबाई मुलाे केही कुराकाे कमी छैन, दु:ख बिमार केही परे घर घरै साधन छन, सल्लरबाेट,डाक्टरकाँ पु-याउछन्। खान लाउन जे भन्याे त्यही पु-याएका छन्। सुख पनि पहिलाकाे लेखि त स्वर्गै छ, दुख केही छैन र पनि आफ्ना शिरका स्वामी भए जस्ताे त कहाँ हुन्छ र, भन्दै आफ्ना स्वर्गेबासी श्रीमान् सम्झनुहुन्छ उहाँहरु ।
हिजाे आफूले गरेका दु;ख आपत र जीवन सङ्घर्ष सम्झदै उहाँहरु भन्नुहुन्छ” हिजाे साह्रै दु:ख आपत थियाे । दिनरात पसिना बगाएर नङ्ग्रा खियाई खियाइ बसालेका हाै यी घरबासहरु। जतनले गरिखाएका ठाउँ हुन् यी जग्गा जमीन। यही माटाेमा जन्मियाैं तिमीहरू, यही माटाे र यीनै पाखा पखेरामा हुर्कियाैं। यहीका गरा फाेटाले तिमिलाई पाले पाेसे तिमिहरुलाईनै भन्दा हाम्राे जिवन गयाे। एउटै धराे ओड्ने ओछ्याउने गरेर लालाबाला हुर्काएका हाै । ती दिन कहिल्यै नभुल्नु, कहिल्यै नभुल्नु आफ्ना बाउ आमाकाे दुख। जति सुकै उन्नति गरेपनि आफ्नाे माटाे जन्म थात नभुल्नु बाबु। हाम्रा कुल पितृ देउ देउता नभुल्नु । धर्मले खान बस्न हुन्छ , आफ्नाे धर्म कहिल्यै नभुले ” भन्नुहुन्छ उहाँहरु।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया