
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
सविना अधिकारी।आमा शब्द सुन्दा मात्र पनि कति प्यारो लाग्छ, आमा भनेको सन्तानहरुका लागि जस्तो सुकै चुनौति उठाउन पनि तयार रहने एक मुर्धन्य मानव जातीय स्त्री जाती हुन् । आमाले सन्तानको लागि जति नै दुःख भोग्नु किन नपरोस तर सन्तान भनेपछि आफुलाई नि बिर्सिन्छीन् । दिन भरी काम गरेर आएकी भए पनि आफ्नो सन्तानलाई देखेपछि सम्पुर्ण दःख पीँडा भुलिदिन्छीन् ।
सन्तान प्रति गर्ने आमाको मायामा कुनै सिमा नै हुँदैन । आमाको माया अपराम्पार हुन्छ, न त कहि कतै किन्न नि पाइन्छ, न त कुनै नाप तौल नै गर्न सकिन्छ । संसारमा माया गर्नेहरु धेरै हुन्छन् तर निस्वार्थ र आत्मीय माया हुन्छ त केवल आमाको मात्र ! संसारका ठूला ठूला विश्वविद्यालयहरुले पनि परम्परादेखी नै आमालाई पहिलो पाठशाला मान्दै आएका छन् । आमा नभए सन्तान सधैं अपुरो नै हुन्छ किनकी आमाले जति सन्तानलाई अरु कसैले समय दिन सक्दैन। हामीले कहिलै विर्सन नस्कने जन्मदाता अनि कर्मदाता पनि आमा ।
हामी सबैलाई अलिकति दुःख हुने बित्तिकै हाम्रो पनि मुखबाट निस्कने पहिलो शब्द आमा, हामी चाहे आमाको नजिक रहुँ या टाढा जहाँ भएपनि आमाको मायाबाट कहिल्यै टाढा हुदैनौं । विश्वको जुन सुकै कुनामा भएपनि आमाको मन सधैँ आफ्ना सन्तानमा नै हुन्छ । आमा दया, माया ज्ञानकी खानी हुन् ।
नौ महिनासम्म आफ्नो कोखमा राखेर यस धर्तिमा पाइला टेकाउने आमा । धर्तिमा पाइला टेकाएर हुर्काउने बढाउने पढाउने अनि असल शिक्षा दिने लगायत सम्पूर्ण जीम्बेवारी बहन गर्ने आमा । हामी सबैलाई अलिकति दुःख हुने बित्तिकै हाम्रो पनि मुखबाट निस्कने पहिलो शब्द आमा, हामी चाहे आमाको नजिक रहुँ या टाढा जहाँ भएपनि आमाको मायाबाट कहिल्यै टाढा हुदैनौं । विश्वको जुन सुकै कुनामा भएपनि आमाको मन सधैँ आफ्ना सन्तानमा नै हुन्छ । आमा दया, माया ज्ञानकी खानी हुन् ।
सन्तानले दुःख सुख जे पाए पनि आफ्नो आमा लाई सधैँ आफ्नो शिरमा राखेर हिड्यो भने कहिलै हार खानु पर्दैन । किनकी आमाले सधैँ आशिर्वाद दिएकी हुन्छीन् आफ्ना सन्तानका लागि । सभ्य र शिक्षित समाजले नै आमाको सम्मान गर्न जानेन भने आउने भावी पुस्ताले आमा भनेर कसरी सम्मान गर्न सिक्छन् ? त्यसैले आमालाई सधैँ सम्मान गर्न जान्नु पर्छ र आफ्ना सन्तानलाई पनि सिकाउनु पर्छ । सधैं सकारात्मक सोच लिएर अमालाई सम्मान गर्नुपर्दछ । बिनाशर्त आमालाई सम्मान गर्नुपर्दछ ।
आमाका आँखामा आशु हैन मुखमा मुस्कान देखिन थाल्यो तर विस्तारै सन्तान पढेर ठुलो मान्छे भयो । विस्तारै ठुला ठुला मान्छेसँग घुलमिल हुँदै गयो तर आमाले आफु प्रति गरेका सम्पुर्ण त्याग बलिदान र दुःखलाई चटक्कै विर्सिदियो आमा प्रतिको जिम्वेवारी विर्सदै गयो उसका लगि आमा नराम्री कुरा नबुझ्ने भईन् । रातदिन आमा यस्ती उस्ती भनेर आमाको मन दुखाउन थाल्यो यति हुँदा पनि आमाले आशिर्वाद भने दिन छोड्दिनन् ।
आमाका लागि पाँच जना सन्तान भए पनि धेरै हुदैनन्, दर्जन भएपनि धेरै हुन्न् तर अहिलेका युवापुस्तालाई आमा बृद्ध हुदै गएपछि पाँच जना सन्तानकी एउटी आमा धेर भएर बृद्धाश्रम पुर्याउन थालेका छन् तर भोली आफु पनि बुढा बुढी भइन्छ । आफ्ना पनि सन्तान हुन्छन् र म पनि यसरी नै बृद्धाश्रम जानु पर्छ भन्ने कुरा बिर्सदैछन्, अहिलेका युवापुस्ताले । सम्पतिको लागि झगडा गर्ने आमालाई घरबाट निकालिदिने जस्ता कु कार्यहरु बढिरहेका छन् यो स्वार्थी समाजमा । सम्पतिका लागि आमालाई पाल्न तयार भएको सन्तान भोलि त्यो सम्पति सकिने बित्तिकै घरबाट बृद्धाश्रम लिएर जान्छ । त्यै आमाले कति दुःख सहेर घाम पानि भोक तिर्खा निन्द्रा केहि नभनि आफ्नो सन्तानलाई खुवाएर हुर्काएर पढाएर जागिर खान सक्ने बनाउछिन्, देश–विदेशमा चिनिने बनाउछिन् तर ती सन्तानलाई भने आफ्नी बुढी भएकी आमालाई चिनाउन समेत अप्ठ्यारो लाग्छ र कतिपय सन्तानले त चिन्दिन पनि भनेको यदा कदा सुनिन्छन् ।
आमाले नौँ महिना सम्म गर्वमा राखेर धर्तिमा पाईला टेकाएको दिन कति हलुङ्गो हुन्छ जिउ तर जिउ मात्र हलुङ्गो हुन्छ आमाको झन दायित्व थपिदै जान्छ हुर्काउनु पर्याे पढाउनु पर्याे सकेसम्म ज्ञानि पनि बनाउनु पर्याे आमाको झन दायित्व बड्दै जान्छ । घरमा खाने कुरा छ या छैन जे भएपनि आफु भोकै बसेर आफ्नो सन्तानलाई भोकै राख्न आमाको मनले कहाँ मान्छ र चाहे दिनभरी अर्काको काम गरेर हुन्छ या जसरी भएपनि खुवाएरै छोड्छिन् ।
आमाले नौँ महिना सम्म गर्वमा राखेर धर्तिमा पाईला टेकाएको दिन कति हलुङ्गो हुन्छ जिउ तर जिउ मात्र हलुङ्गो हुन्छ आमाको झन दायित्व थपिदै जान्छ हुर्काउनु पर्याे पढाउनु पर्याे सकेसम्म ज्ञानि पनि बनाउनु पर्याे आमाको झन दायित्व बड्दै जान्छ । घरमा खाने कुरा छ या छैन जे भएपनि आफु भोकै बसेर आफ्नो सन्तानलाई भोकै राख्न आमाको मनले कहाँ मान्छ र चाहे दिनभरी अर्काको काम गरेर हुन्छ या जसरी भएपनि खुवाएरै छोड्छिन् । आमाले दिनभरी आफ्नो ढाडमा सन्तानलाई बोकेर काम गरेको पनि देखेका छौं । तर यसरी खुवाएर पढाएर ठुलो बनाएको सन्तानले पछि गरेर आमालाई घरबाट निकालिदिन्छ कठै हाम्रो समाज ।
आमाले सन्तानका लागि जस्तासुकैे समस्या आए पनि उनीहरुका लागि कहिलै पछि हट्दिनन् सन्तानलाई के चाहिएको छ बिमारी छ कि छैन ? खाएको छ कि छैन ? के खान्छ भनेर सधैँ सन्तानको लागि मरिमेटिछिन् । सधैँ सन्तानको लागि आमाको माया भन्दा ठुलो कुरा केहि हुँदैन । सम्पतिमा हैन आमाको माया सधैँ निश्वार्थ र सकरात्मक भएकै कारण आज हामीले शिर ठाडो पारेर हिड्न सक्ने भएका छौँ । आमालाई कुनै शब्दमा व्याख्या नै गर्न सकिदैन, आमाको माया बाचुन्जेल पाईयोस आशिर्वाद पाईयोस, आमाको माया नै अपरम्पार छ । सबै सन्तानले आफ्नो आमालाई सम्मान गर्न सिकौं र सम्मान गरौँ हामीले कहिलै दुःख पाउदैनौँ ।
एउटा वास्तविक घटना कुनै सन्तानको बाबा घरबाहिर भारतमा बस्नुहुन्थ्यो र एकदिन बाबाले आमालाई नेपाल आएका बेला तिमी पनि हिँड अब भारततिरै बसुँ भन्ने प्रसव गर्नुभो तर ती आमाले आफ्नो बालख सन्तानलाई घरमा अरुको भरमा छोडेर जान सकिनन् किनकी आमालाई आफ्नो श्रीमान भन्दा पनि आफ्नो सन्तान प्यारो थियो आफ्नो मुटुको टुक्रा थियो आमाको ।
श्रीमानको माया नभएर होईन, कहिलै नोपल बाहिर नगएकी उनलाई घुम्न मन नलागेर होईन उनलाई केवल आफ्नो सानो बच्चाको भविश्य बिग्रिएला, स्वस्थ्य बिग्रिएला भन्ने चिन्ता थियो । मन न हो आफुले आफ्नो सन्तानलाई गरेजति हेरचाह कसले गर्छ र ? भनेर आमाको मनले मानेन र गइनन् पनि विस्तारै सन्तान हुर्कदै गयो पढ्यो पनि आमालाई पनि माया गर्न थाल्यो ।
श्रीमानको माया नभएर होईन, कहिलै नोपल बाहिर नगएकी उनलाई घुम्न मन नलागेर होईन उनलाई केवल आफ्नो सानो बच्चाको भविश्य बिग्रिएला, स्वस्थ्य बिग्रिएला भन्ने चिन्ता थियो । मन न हो आफुले आफ्नो सन्तानलाई गरेजति हेरचाह कसले गर्छ र ? भनेर आमाको मनले मानेन र गइनन् पनि विस्तारै सन्तान हुर्कदै गयो पढ्यो पनि आमालाई पनि माया गर्न थाल्यो । आमाका आँखामा आशु हैन मुखमा मुस्कान देखिन थाल्यो तर विस्तारै सन्तान पढेर ठुलो मान्छे भयो । विस्तारै ठुला ठुला मान्छेसँग घुलमिल हुँदै गयो तर आमाले आफु प्रति गरेका सम्पुर्ण त्याग बलिदान र दुःखलाई चटक्कै विर्सिदियो आमा प्रतिको जिम्वेवारी विर्सदै गयो उसका लगि आमा नराम्री कुरा नबुझ्ने भईन् । रातदिन आमा यस्ती उस्ती भनेर आमाको मन दुखाउन थाल्यो यति हुँदा पनि आमाले आशिर्वाद भने दिन छोड्दिनन् । यो त एउटा दृष्टान्तमात्र हो, प्रदेश नम्बर १ को शहर सुनसरी– धरानको एक परिवारको ।
आमाका जति छोराछोरी भएपनि उनलाई सबै छोराछोरी प्यारा नै लाग्दछन् । छोराछोरीले हेरबिचार गरेनन् भनेपनि अशल आमालाई छोराछोरीको माया घट्ने छैन । आमा संसारमा सन्तानलाई सबैभन्दा पवित्र ढंगबाट आत्मादेखी नै माया गर्ने मान्छे हुन् । जुन छोराछोरी आमाको आशिर्बादबाट टाढा बस्छ उसको प्रगती हुन सक्दैन, भयो भनेपनि क्षणीक र अल्पकालका लागिमात्र हुन्छ । त्यसैले आमालाई सबैले माया गरौं । विश्वमा खोज्नु्स तपाईलाई सबैभन्दा पवित्र र बढी माया गर्ने आमाको मायालाई बुझौं ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया