SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/३२ गते
    ४५८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।

    कान्तिपुर टेलिभिजन नेटवर्क र सानिमा हाइड्रोपावर कम्पनीले प्राथमिक (आईपीओ) निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

    सानिमा हाइड्रोपावर लिमिटेडले २६ जेठमा १४ करोड ७० लाख रुपैयाँ बराबरको १४ लाख ७० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति माग गरेको छ ।कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि उक्त सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ ।

    यस्तै कान्तिपुर टेलिभिजन नटवर्क लिमिटेडले २८ जेठमा आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको हो ।

    धितोपत्र बोर्डले स्वीकृति दिएपछि दुवै कम्पनीले साधारण सेयर निष्कासन खुला गर्नेछन् ।आईपीओ निष्कासनका लागि दुवै कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं