SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/८ गते
    ७०५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।

    थाइल्यान्डको राजधानी बैँककमा ग्लोबल युथ पार्लियामेन्टद्वारा आयोजित ‘The Young Achievers Summit & Award 2024’ कार्यक्रममा युवा अभियानता नविन गिरी “द योङ अचिभर अवार्ड २०२४” (The Young Achiever Award 2024) बाट सम्मानित भएका हुन्। थाईल्याण्डका माननीय सांसद सुपाकोन ताङ्तीफाई बुन्तान र ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले नविन गिरी सहित विभिन्न देशका युवा प्रतिभाहरुलाई अवार्ड प्रदान गरेका थिए ।

    यो अवार्ड विभिन्न विधामा काम गरिरहेका सफल युवाहरुलाई प्रादान गर्ने गरिएको छ। सामाजिक रुपमा युवा तथा बालबालिकाको क्षेत्रमा सक्रिय गिरी नेपाल युवा परिषदका कार्यकारी बोर्ड सदस्य एवं बागमती प्रदेशका लागि प्रदेश संयोजक समेत हुन्। चिनारी नेपाल, स्वस्थ समाज नेपाल, लगायतका संस्थारुमा आवद्ध गिरी आफ्नो बाल्यकाल देखिनै सामाजिक रुपमा सक्रिय हुँदै आएका छन्।

    नेपाल युवा परिषदको आयोजनामा हुने राष्ट्रिय युवा सम्मेलन, प्रदेश युवा सम्मेलन, एसिएन बुटक्याम्प, युवा लक्षित उद्यमशीलता, नेतृत्व क्षमता, शिपमुलक कार्य, सूचना प्रविधि क्षेत्र लगायतका विकासका क्षेत्रहरूमा दिगो विकासको परिकल्पना सहित उत्प्रेरणात्मक तालिम एवं कार्यक्रमहरुमा गिरी सक्रिय भुमिकामा देखिन्छन्।

    चिनारी नेपालले गर्दै आएको निरन्तर महिला शिक्षा कार्यक्रम, आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाहरुलाई छात्रवृत्ति सेवा, स्वस्थ समाज नेपाल मार्फत शारिरिक तथा मानसिक रुपमा अपाङ्गता भएका बालबालिकाहरुको नियमित दिवा सेवा जस्ता कार्यक्रममा गिरी अग्रपङ्तिमा देखिन्छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं