SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/१६ गते
    ११५ &#२३४६;&#२३३५;&#२३२५;

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    जसपा नेता सञ्जयकुमार यादवले सम्हालेको अर्थ मन्त्रालय पाउनुपर्ने अडान राखेका साहलाई मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार वन मन्त्रालयको जिम्मेवारी दिएका हुन् । यसअघि अरु मन्त्रालय नसम्हाल्ने अडान राखेका साह अन्तत: वन मन्त्रालय सम्हाल्न राजी भए ।

    मुख्यमन्त्री यादवले ४ वैशाखमा चौथो पटक विश्वासको मत लिनुपूर्व वन मन्त्रालय दिने वचन अनुसार त्यो मन्त्रालय पाउनुपर्ने साहको दावी थियो । त्यसकारण उनले वन मन्त्रालय अस्वीकार गर्दै आएका थिए ।

    लोकतान्त्रिक समाजवादी पार्टीका रमेशप्रसाद कुर्मीले ४ वैशाखमा नै सरकार छाडेपछि उनले सम्हालेको वन मन्त्रालय खाली भएको थियो ।

    ६ वैशाखमा तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दा मुख्यमन्त्री यादवले नेकपा माओवादी केन्द्रका साह र एकीकृत समाजवादीकी बेची लुंगेलीको मन्त्रालय तोकेका थिएनन् ।

    लुंगेलीलाई १२ वैशाखमा श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका मुख्यमन्त्री यादवले साहलाई आइतबार वन मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं