SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/२७ गते
    १४६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर निजि विद्यालय तर्फ आकर्षित भएका छन् । जसले गर्दा ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या समेत न्यून हुँदै गएको छ ।

    यस्तो अवस्थामा निजि विद्यालय सरह सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने उद्धेश्यले पर्वतको विहादी गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले सक्रियता बढाएका छन् ।

    अध्यक्ष गुरुङले हरेक वडामा पुगेर त्यहाँका शिक्षक, अभिभावक, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र विद्यार्थीहरुसँग शैक्षिक अन्तरक्रिया गरेका छन् । वैशाख १६ गतेदेखि शुरु भएको अभियान भोली बिहीवार शालिग्राम माविमा कार्यक्रमको आयोजना गरिएको छ ।

    अन्तरक्रियाका क्रममा थुुप्रै सुझावहरु संकलन गरिएको र सोहि सुझाव सल्लाहाका आधारमा पालिकाको शैक्षिक कार्यक्रम परिमार्जन गरिने बताए । सवै विद्यालयमा अंग्रेजी माध्यमवाट पठनपाठन शुरुवात गर्नुपर्ने सुझावहरु बढि आएका छन् । यसका लागि शिक्षकहरुलाई आवश्यक तालिम तथा क्षमता अभिबृद्धि गराएर गुणस्तर सुधारमा लगाईने उनले बताए ।

    सवै वडामा अन्तरक्रिया गरिसकेपछि पालिकाको शिक्षा समिति र सवै विद्यालयका प्रअहरुबीच छलफल गरिने भएको छ । जेठको पहिलो सातादेखिनै शैक्षिक गुणस्तरमा सुधार देखिने गरी काम गर्ने उनको भनाई छ । शिक्षा क्षेत्रको सुधारका निम्ति ठोस योजना बनाएर अघि बढ्ने बताए । आगामी वर्षको बजेट तथा कार्यक्रममा प्राथमिकताका साथ शिक्षाको गुणस्तर सुधार कार्यक्रमलाई ल्याउने बताए ।

    अहिलेका बालबालिकाहरु भविष्यका कणर्धार हुन । उनिहरुको भविष्य उज्ज्वल बनाउनका लागि शिक्षकहरुले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए । शिक्षकहरु कम्तिमा आफ्नो जिम्मेवारी र कर्तव्यप्रति इमान्दार हुने हो भने गुणस्तर सुधार तत्काल हुने बताए । त्यसका लागि अभिभावक र जनप्रतिनिधिहरुले समेत बातावरण बनाउनुपर्ने उनको भनाई छ । उनले अहिले ६० प्रतिशत विद्यार्थी उत्तिणर् भएकोमा यसलाई ९० प्रतिशत पुर्‍याउनुपर्ने बताए ।

    कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मिना तिवारीले शिक्षाको गुणस्तर राम्रो नभएसम्म दक्ष जनशक्ति उत्पादन नहुने बताईन । सामुदायिक विद्यालयलाई सुधार नगर्नेहो भने केहि वर्षमा गाउँ खाली हुँदै जाने समस्या एकातिर रहेको छ भने अर्कोतर्फ दक्ष जनशक्तिको अभाव पनि खड्किरहने भएकाले पालिकाले शिक्षालाई जोड दिएको उनको भनाई छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारणसभा आगामी जुलाई महिनामा हुदै

    टेक्सास, अमेरिका । अमेरिकामा रहेका प्रवासी नेपाली पत्रकारहरुको साझा सँस्था रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारणसभा...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं