SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/२० गते
    २२१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त
    लखर लखर हिँडेकै आनन्द, मलाई बरु भोकै हिँडेको आनन्द माथिका शब्द लोकप्रिय गायक विमलराज क्षेत्रीका नयाँ गीत ‘बैक भरी धन’ को हो । केही दिन अगाडि सार्वजनिक दिनको चर्चामा दिन प्रतिदिन चुलिँदो छ ।

    यर्थाथ परक गीतले आफूलाई गम्भीर र सोचनीय बनाएको भन्दै सर्वसाधारणले सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गरिरहेका छन् । कतिपयले गीतलाई जीवन जिउन सिकाउने कला भन्दै तारिफ समेत गरेका छन् ।

    लोक शैलीमा तयार गीतमा शब्द, संगीत स्वर विमलराज क्षेत्रीकै छ । गीतको एरेन्ज लच्क्षु प्रकाश मल्लले गरेका हुन् ।

    गीतको भिडियोमा गायक क्षेत्रीका अलवा लेखराज आचार्यको पनि अभिनय छ । कुमार केसीको निर्देशन रहेको भिडियोमा मुकेश हुमागाइको छायाङ्कन र मीन रावलको सम्पादन छ ।

    गीतले मन परेको खान पाइने, जाहँनी जान पाइने, रोग व्यथा नभएसी दबाइ नि नचाहिने, धन पैसा नभए नि दैव दाइना भएको आनन्द सबैभन्दा ठुलो खुसी भएको भनेको छ । गीत मार्फत गायकले धनको तिर्खा कहिल्यै नमेटिन र वास्तविक सुख धन नहुँदा हुने बुझाउन खाेजेका छन् ।

    विमलराज क्षेत्रीले ‘जापान टोकियो मैले चिठ्ठी पठाएकै थिएँ, कता रोकियो’, ‘मधु वनैमा’, ‘सुपारी चाम्रो म के राम्रो छु र खै मायाको हेराइ हो राम्रो’, ‘बुट्टे रुमाल’, ‘आँठी स्वयम्बरको’ लगायत करिब ६ सयभन्दा बढी लोकदोहोरी गीत साङ्गीतिक क्षेत्रमा दिएका छन् । जसमध्ये अधिकांश हिट ठहरिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं