SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/४ गते
    ५०७ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, क्यालीफोर्निया, अमेरिका ।

    गैर आवासिय नेपालीहरुको भावनासँग जोडिएको अमेरिकाको एउटा कार्यक्रम नेपाल पेड डे हजारौ नेपालीहरुको सहभागितामा भब्य रुपमा सम्पन्न भएको छ ।

    क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरमा हजारौ नेपालीहरुको सहभागितामा नेपाली कला संस्कृति झल्कने झाँकीसहित अप्रिल १४ तारिखका दिन नेपाल परेड कार्यक्रम भव्यताका साथ सम्पन्न भएको गैर आवासीय नेपाली संघ एनआएनए अमेरिका पश्चिम क्षेत्रीय अध्यक्ष बिष्णु के.सि.(खत्री)ले सुचनाकेन्द्र डटकमलाई जानकारी दिनु भएको छ ।।

    गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् अमेरिका, क्यालिफोर्निया च्याप्टर, नेपाल आदिवासी जनजाती महासंघ, क्यालिफोर्नियाको लगायत सानफ्रान्सिस्कोमा सक्रिय संघसंस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

    सो अवसरमा नेपाली कला संस्कृति झल्कने झाँकीसहित परेडको आयोजना गरिएको र कार्यक्रम सोचे जस्तै राम्रो भएको एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरी ओझाले जानकारी दिनु भयो ।

    ओझाले अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले बिश्व कै शक्तिशाली देशमा आफ्नो पहिचान, भाषा र सस्कृती देखाउन सफल भएको भन्दै खुसि समेत ब्यक्त गर्नु भएको छ ।

    स्थानीय मार्केट स्ट्रिटमा नेपाली कला संस्कृति झल्कने झाँकी प्रदर्शन र कल्चरल इभेन्टसमेत भएको थियो । कार्यक्रममा अमेरिकाको विभिन्न स्थानमा रहेका एनआएनएन च्याप्टरबाट पनि सहभागिता थियो ।

    कार्यक्रममा प्रमुख अतिथि ऋषि पी ढकाल-महाविद्या दुत, विशिष्ठ अथिति अर्जुन बन्जाडे अध्यक्ष एनआरएनए एनसिसी, अथिथिहरुमा अजय भुटोरिया – राष्ट्रपति बिडेन एशियाई अमेरिकी सल्लाहकार, सिनेटर स्कट विनर, ल्यारी क्लेन, सनीभेल मेयर, Carmen Montano, Milpitas, क्यालिफोर्निया मेयर, मेयर एडुआर्डो, रिचमण्ड, क्यालिफोर्निया मेयर, आरोन पेस्किन, सान फ्रान्सिस्कोको शहर र काउन्टी – पर्यवेक्षकको सरकारी बोर्ड, नेपालका पूर्व क्रिकेट कप्तान, नेपाल क्रिकेट संघ–क्यानका सचिव पारस खड्का लगायतले कार्यक्रममा नेपाली नया बर्षको शुभकामना सहित आफ्ना भनाईहरु राख्नु भएको थियो ।

    कार्यक्रममा हजारौ नेपालीहरु आफ्नो भेषभुषासहित सहभागि रहेका थिए भने क्यालिफोर्निया सुधार र पुनर्वास विभाग CSP- Sacramento डिभिजन टोली पनि कार्यक्रममा सहभागी थियो । तस्बिर सामाजिक सञ्जालबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं