SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/४/११ गते
    १२५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन जोडिएको प्रष्ट पारेका छन् । शुक्रबार बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै घिसिङले तीन महिनाको समय दिएको र सो अवधिमा सबै बाँकी पैसा तिर्नुपर्ने बताए । अन्यथा प्राधिकरणले नियमानुसार आफ्नो काम गर्ने उनको भनाइ छ ।

    ‘डेडिकेटेड लाइनको बिल भुक्तानी नगर्ने उद्योगलाई फेरि तीन महिनाको समय दिएर लाइन जोडिदिएका छौँ । त्यतिबेलासम्म पनि उद्योगले बुझाउनुपर्ने पैसा बुझाएनन् भने प्राधिकरणले आवश्यक निर्णय लिनेछ’ उनले भने ।

    उनले केही उद्योगले भने लोडसेडिङको अन्त्य भएपछि पनि भुक्तानी गरिरहेको बताए ।‘केही उद्योगले पैसा तिरिरहनुभएको छ । कसैले लोडसेडिङ अन्त्य भएपछि पनि तिरिरहेका छ्न् । १७४ उद्योगले तिरेका छन् । बक्यौता नलिने भएमा लिएका उद्योगको पैसा फिर्ता गर्न तयार छौँ’ उनले भने ।

    कार्यकारी निर्देशक घिसिङले विद्युत् प्राधिकरण अहिले ४६ अर्ब नाफामा भएको बताए ।‘हाम्रो ४६ अर्ब सञ्चित नाफा छ । बक्यौता उठ्न बाँकी २१ अर्ब जोड्ने हो भने हामी ६० अर्ब नाफामा छौँ’, उनले भने ।

    डेडिकेटेड र टंक लाइन विवाद हुँदा गत साता प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेको थियो । केपी शर्मा अ‍ोली नेतृत्वमा नयाँ सरकार बन्नसाथ प्राधिकरणले उद्योगमा लाइन काटेपछि प्रधानमन्त्री र प्राधिकरणबीच टसलसमेत परेको थियो ।

    प्रधानमन्त्री ओलीले घिसिङलाई बोलाएर तत्काल लाइन जोड्न निर्देशनसमेत दिएका थिए । तर, उनले तीन दिनसम्म ओलीको निर्देशन मानेनन् । सरकारले पदबाट हटाउनेगरि तयारी थालेपछि मात्र सर्तसहित प्राधिकरण विद्युतको लाइन जोड्न तयार भएको स्रोतको भनाइ छ । घिसिङ नेकपा माओवादी केन्द्रको तर्फबाट प्राधिकरणको नेतृत्वमा दोस्रोपटक पुगेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं