SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/१५ गते
    ७५ &#२३४६;&#२३३५;&#२३२५;

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ १७ औं पुस्तकालय दिवस २०८१ को अवसरमा “पठन संस्कृतिको विकासमा पुस्तकालयको भूमिका ” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

    https://youtu.be/qYmb5HdkPhM?si=y8VIp1PPUZm-WGMa

    लेखनाथ क्षेत्रका १९ संस्थागत तथा सामुदायिक विद्यालयहरुका कक्षा ८,९र १० का २९ विद्यार्थीहरु सहभागी रहेको वक्तृत्वकला प्रतियोगितामा डायमण्ड माविकी अंकिता आचार्यले प्रथम स्थान हाँसिल गरिन् । प्रतियोगितामा जनप्रकाश मा विकी अनुसा काफ्ले दास्रो डायमण्ड कै स्वस्तिका देवकोटाले तेस्रो स्थान हाँसिल गरिन् । चतुर्थ र पाचौं स्थानमा क्रमश गोगन माविकी सुजाता पौडेल र रिलायन्स पब्लिककी दीपशिका क्षेत्री विजयी बने ।

    कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका बरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले पठन संस्कृतिको विकास गर्नको लागि पुस्तकालय दिवसले प्रोत्साहित गरिरहेको वताए ।

    दीपशिखा सामुदायिक पुस्तकालयले कार्यक्रम सम्पन्न भएको छ । दीपशिखा सामुदायिक पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारी,र त्रिवेणी इन्टरनेशनल कलेजका सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल निर्णायक रहेको कार्यक्रममा वक्ताहरुले पठन संस्कृति जगाइ राख्नुपर्नेमा जोड दिएका थिए । पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन दीपशिखा सामुदायिक पुस्तकालयका कार्यसमिति सदस्य एवम् कार्यक्रम संयोजक विष्णुहरि पौडेलले गरेका थिए । विजयी विद्यार्थीहरुलाई पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवम् वडा नं २९ की वडासदस्य निर्मला पौडेल, पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी र पोखरा महानगरपालिका शिक्षा महाशाखाका बरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले पुरस्कार वितरण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    लोकदोहोरी गीत प्रतिष्ठानबाट मन क्षेत्री र नन्दमाया दुरा सम्मानित

    पोखरा। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक...

    एन प्याव्सनको श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर प्रथम

    पोखरा। एन प्यानव्सन कास्कीले आयोजना गरेको दोस्रो नेपाली पठन सिप एवम् श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी...

    सामुदायिक सेवा केन्द्र वगरको अध्यक्षमा पुनः रामप्रसाद

    पोखरा। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा– १ वगरको शनिबार सम्पन्न २१ औ...

    यति ठूलो सजाय दिनु उपसभामुख रानालाई उचित हुँदैनः प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपसभामुख इन्दिरा...

    बागलुङका पाँच पालिका भाडाकै घरबाट सञ्चालन

    ढोरपाटन (बागलुङ) । बागलुङका पाँच स्थानीय तह भाडाकै घरबाट सञ्चालन हुँदै आएका छन् । जैमिनी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं