SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/२७ गते
    १६३ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र,कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ लिंक गेट स्थित बाट ५०५ मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो र मोटरसाइकिल सहित दुई जना ईलाका प्रहरी कार्यालय कृष्णनगरको नियन्त्रणमा रहेका छन्।

    भारत बाट नेपाल छिर्न लागेका लु. ९४ प. १४७१ नम्बर प्लेटको मोटरसाइकिल शंका लागि चेकजांच गर्दा मोटरसाइकिल चालक कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ६ बस्ने ३६ बर्षिय कलाम अहमद खां र मोटरसाइकिलमा पछाडि सवार शिवराज नगरपालिका वडा नं ६ बस्ने बर्ष २२ का अजय यादव लाई चेकजांच गर्दा अजय यादवको साथ बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ५०५ मिलिग्राम फेला परेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन्।

    दुबै जनालाई मोटरसाइकिल सहित पक्राउ गरि लागु औषध ब्राउन सुगर मुद्दामा कपिलवस्तु जिल्ला अदालत बाट म्याद थप भई थप अनुसंधान भईरहेको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ।

    प्रहरी निरिक्षक सुरज खत्री आए देखिनै अबैध कारोबार नियन्त्रण तथा लागु औषधमा संलग्न व्यक्ति लाई पक्राउ गर्दै समाज लाई लागु औषध मुक्त बनाउन विभिन्न समयमा विद्यालयका विद्यार्थी तथा समाजका व्यक्ति माझ विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको स्थानीयले बताएका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र

    दमौली । बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित...

    ‘हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्ने हो, अरुले लडाउन सक्दैनन्’:रवि लामिछाने

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ...

    स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघको निरीक्षण

    पोखरा। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण...

    विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान...

    जनसहभागिता विनाका योजना सफल हुन सक्दैनन् : मुख्यमन्त्री पाण्डे

    मध्यविन्दु (नवलपरासी) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिता विनाका कुनै पनि योजना सफल हुन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं