SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/३० गते
    १८६ &#२३४६;&#२३३५;&#२३२५;

    सचिन्द्र श्रेष्ठ ,काठमाडौं । बिभिन्न मुलुकमा छरीएका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान,यसको महत्व, प्रभावकारीता,जनचेतना ,नियमित रक्तदाताहरुको संख्या बढाउन, नेपाली रक्तदाताहरु र रक्तदान कार्यक्रमलाई विभिन्न सहयोगि निकाय तथा संघसँस्थाहरुको सहयोगमा प्रभाबकारी बनाउन र नेपालमा हाल रहेको सोधभर्ना रक्तदान प्रबृत्तिलाई पुर्ण स्वयंमसेवि रक्तदानमा परिणत गर्दै नेपाललाई रगत अभाव मुक्त राष्ट्र बनाउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघले छैटौं महाधिवेशन शनिबार काठमाडौंमा सम्पन्न गरेको छ ।उक्त महाधिवेशनले राहुल रेग्मीलाई अध्यक्षमा निर्बिरोध चयन गरेको छ ।

    https://youtu.be/GIWL8V2f_io?si=CRQxxDEbTuKMPWr3

    महाधिबेशनले निबर्तमान अध्यक्षमा अजय सत्याल (अमेरिका), उपाध्यक्षमा निरञ्जन पौडेल (क्यानडा) र डा. मनिता राजकर्णिकार (नेपाल), महासचिवमा उत्तम अधिकारी (नेपाल), सचिवमा तेज कटुवाल (कतार) र कोषाध्यक्षमा सुनिल राज श्रेष्ठ (युएई), मिडिया संयोजकमा रामराज ओली (न्यूजिल्याण्ड) चयन भएका छन् ।

    केन्द्रिय सदस्यहरु केदार तिमिल्सिना (अमेरिका), मञ्जु कर्माचार्य (युके), सुरेश गौतम (क्यानडा), रामजी खत्री (कतार), शिवराम भण्डारी (फ्रान्स), रुपेन्द्र विक्रम हमाल (कुवेत), राजन काफ्ले (आयरल्याण्ड), दिपक श्रेष्ठ (ओमान), नवराज बस्नेत (नेपाल), कमान सिंह खत्री (सेशेल्स), नबिन गौतम (अस्ट्रेलिया), वीरेन्द्र श्रेष्ठ (स्पेन), सोमेस अर्याल (नाइजेरिया), बर्षा क्षेत्री (युगान्डा), नागेन्द्र जोशी (भारत), चन्दन भण्डारी(पोर्चुगल), भीमसेन थापा (दक्षिण कोरिया), जगन अधिकारी (यूएई), विकास सुवेदी (घाना), ज्योत्स्ना उपाध्याय (अमेरिका) र शेरब नामग्याल लामा गुरुङ (डेनमार्क) रहेको २९ सदस्यीय नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

    स्टार अस्पतालका अध्यक्ष किशोर कुमार महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व अर्थ सचिब सुमन शर्मा, पूर्व सचिब धरा सापकोटा, केन्द्रिय रक्तसंचार सेवाका निर्देशक पवन कुमार गुप्ता, ब्लोदानका अध्यक्ष राजेश श्रेष्ठ, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष तथा नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेम सागर कर्माचार्य लगायतको बाक्लो उपस्थिति रहेको थियो।

    प्रमुख अतिथी महर्जनले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान महादान भएको भन्दै नेपालमा अझै यसको जनचेतना जगाउन जरुरी भएको जिकीर गरे । रक्तदानको जनमानसमा स्वतस्फूर्त रुपमा भावना आउनुपर्ने भन्दै उनले स्टार अस्पातलले आफ्नै ब्लड बैंक संचालन गरी दिनहु बिरामीलाई रगत उपलब्ध गराउदै आईरहेको र अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ सँग आफुले र स्टार अस्पतालले सधै सह्कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे।

    कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रेग्मीले रक्तदान सम्बन्धी जनचेतना जगाई यसमा सरिक हुन प्रेरित गर्ने अन्तर्राष्ट्रिय संस्था रहेको र यसले अहिलेसम्म २१ देशमा आफ्नो भगिनी संस्थाहरु विस्तार गर्न सफल भएको र ३२ बढी देशमा यस्ता गतिविधिहरु भइरहेको समेत जानकारी दिए । उनले भने-‘ जहाँ जहाँ जुन जुन देशमा नेपालीहरु पुगेका छन् त्यहाँ रक्तदान सम्बन्धी जनचेतना जगाई सोही स्थानमा रक्तदानमा सरिक गराउने काममा संघले काम गरिरहेको बताए।’

    https://youtu.be/qYmb5HdkPhM?si=uAIPLF_h0dnBotvT

    बिनोद भट्टराईको स्वागत मन्तब्य सँगै महासचिव राहुल रेग्मीले संस्थाको आर्थिक एबं संगठनिक प्रतिबेदन प्रस्तुत गरेका थिए । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका उपाध्यक्ष, बिज्ञ तथा केन्द्रिय रक्तसंचार सेवा का पूर्व निर्दशक डा. मनिता राजकर्णिकारले नेपालमा रक्तदान क्षेत्रको योगदान, महत्व, बर्तमान अवस्था र सुधार गर्नुपर्ने पक्षहरुका बारेमा प्रस्तुति दिनु भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आचार्यलाई राष्ट्रिय शिक्षा पदक

    शिशिर, पोखरा ।पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले राष्ट्रिय शिक्षा पदक प्राप्त...

    कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र

    दमौली । बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित...

    ‘हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्ने हो, अरुले लडाउन सक्दैनन्’:रवि लामिछाने

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ...

    स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघको निरीक्षण

    पोखरा। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण...

    विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं