SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/२९ गते
    ४२० &#२३४६;&#२३३५;&#२३२५;

    क्यालिफोर्निया । नेपाल बाहिर अमेरिकाको क्यालिफोर्नियामा स्थापना भएको पहिलो मुक्तिनाथ मन्दिर परिसरमा महाशिवरात्री पर्वको पावन अवसरमा शिवलिङ्ग स्थापना गरी प्राणप्रतिष्ठा गरियो ।

    मुक्तिनाथधाम मन्दिर परिसरमा लाख बत्ती बाल्ने, लघु रुद्री एवं रुद्राभिषेक कार्यक्रम सम्पन्न भयो । यस कार्यक्रममा अमेरिकामा रहेका हिन्दु सनातन धर्म मान्ने व्यक्ति र बौद्धमार्गीहरुको हजारौंको संख्यामा सहभागिता थियो ।

    कार्यक्रम अपेक्षा गरिएभन्दा निकै उच्च स्तरमा सम्पन्न भएको विश्लेषण गर्दै मुक्तिनाथधाम संस्थापक समितिका अध्यक्ष अनिल पाण्डेले सहभागी तथा सहयोगी सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ । ‘यहाँहरुको साथ, सहभागिता एवं अथाह उपस्थिति र यस संस्थाप्रति यहाहरुले देखाउनुभएको मायाको भित्रै दिलदेखि आभार व्यक्त गर्दछु’ एक सातादेखि मौनव्रत बसेर प्राणप्रतिष्ठापछि बोलेका अध्यक्ष पाण्डेले भन्नुभयो– हजारौ शुभचिन्तकहरुको सहयोग र सहभागिता विना नेपालीको धर्म, संस्कार र पहिचान अभिवृद्धि गर्ने यो पवित्र कार्य सम्भव हुने थिएन ।

    सम्पूर्ण बौद्ध तथा हिन्दुहरुको आस्थाको रुपमा स्थापना भएको मुक्तिनाथधाममा सम्पन्न महोत्सवमा सानफ्रान्सिस्को बेएरियाका तमाम नेपाली दाजुभाई दिदी वहिनीहरु लगायत टाढाटाढाबाट समेत सहभागी हुनआएका व्यक्तिको जति प्रशंसा गरेपनि थोरै हुन्छ, अध्यक्ष पाण्डे भन्नुहुन्छ– सहयोग र सहभागिताले मुक्तिनाथधाम निर्माणका लागि हामीलाई थप उत्साही बनाएको छ र यसले हामीलाई अझ थप प्रतिबद्धताका साथ अगाडि वढेर बाँकी कार्यलाई पूर्णता दिन प्रेरणा मिलेको छ । हामीलाई यहाँहरुको यस्तै सहयोग र सद्भावको खाँचो छ ।

    यो सवै हिन्दू तथा बौद्ध धर्ममा बिश्वास गर्नेहरूको साझा आस्थाको केन्द्र हो भन्ने कुरालाई हजारौं व्यक्तिको सहभागिताले प्रष्ट अनुमोदन गरिदिएको अध्यक्ष पाण्डेको धारणा छ ।

    त्यसैगरी महाशिवरात्री पर्व, शिवलिंग प्राणप्रटिष्ठा एवं रुद्राभिषेक कार्यक्रमलाई सम्पन्न गर्न एघार दिनसम्म उपवास, जलाहार, निराहार लगायतका कठोर ब्रतगरी हिन्दु बैदिक परम्परा अनुसार भगवानको प्राण प्रतिष्ठा गर्ने महत्वपूर्ण कार्यमा सहाभागी हुनुभएका कर्ताहरु मुक्तिनाथधामको इतिहासमा सदा स्मरणीय हुनुहुने अध्यक्षको धारणा छ ।

    यसैगरी यस महाउत्सवलाई बैदिक परम्परा अनुसार सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने आफ्नो टिमका सम्पूर्ण सदस्यहरु, यसलाई सफल पार्न दिन रात परिवार नभनी अहोरात्र काम गर्नुहुने सम्पूर्ण गुरुहरुप्रति पनि अध्यक्ष पाण्डेले आभार प्रकट गर्नुभएको छ । ‘विदेशी भूमिमा पनि गुरू पदमप्रसाद नेपालको नेतृत्वमा १६ जनाभन्दा बढी पुरोहितहरुको सहभागिता गराई इतिहास रच्न सफÞल गराई दिनुभएकोमा विनीत भावले धन्यवाद प्रकट गर्दछु’ पाण्डेले भन्नुभएको छ ।

    नर्दन क्यालिफोर्नियामा बसोवास गर्दैआएका आध्यात्मिक चेतनाका प्रतिमूर्तिहरुमा म आयोजक समितिका तर्फबाट सबैमा सप्रेम आभार प्रकट गर्दछु, अध्यक्ष पाण्डे भन्नुहुन्छ, ‘छोटो समयमै विनापूर्वाधार र तयारी आयोजना गरिएको प्रवासी भूमिको प्राण प्रतिष्ठाजस्तो गरिमामय कार्यमा पूर्ण दश रात मौन जलाहार र फलाहार उपवास बसी अनवरत जप, तप, ध्यान र योग साधनामा समर्पित हुने अवसरका लागि मेरा सहयात्री व्यवसायी साथीहरू, आत्मीय एवं पारिवारिक जनहरू, शुभेच्छुक सबैप्रति म अनुग्रिहित छु ।’ धार्मिक आस्थाका साथ जोडिएका मनलाई फुट्न नदिने प्रतिबद्धता अध्यक्ष पाण्डेले व्यक्त गर्नुभएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    प्राथमिक तह शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान, कुन जिल्लामा कति कोटा ? (पूर्णपाठसहित)

    काठमाडौं। शिक्षक सेवा आयोगले रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान...

    सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग

    पोखरा।वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक...

    न्युयोर्कमा यसरी हुदैछ नेपाल डे परेड २०२४ को भब्य तयारी , कस्को भागमा के जिम्मा ?

    न्युयोर्क । बिगत २०१६ देखी न्युयोर्कबाट सुरुवात भएको “नेपाल डे परेड” २०२४ को कार्यसमिती पुरा...

    गुप्तेश्वरमा केस डाइग्नोसिस प्रतियोगिता सम्पन्न, कन्या क्याम्पस प्रथम

    देबिका तामाङ, पोखरा। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितो शुक्रबार सम्पन्न...

    लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

    पोखरा । लेकसाइड मदिरा व्यवसायी समितिले नयाँवर्षको अवसर पारी शुभकामना आदान प्रदान तथा २०८१ सालको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं