SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/१४ गते
    ८६ &#२३४६;&#२३३५;&#२३२५;

    देबिका तामाङ, पोखरा। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितो शुक्रबार सम्पन्न भएको छ । पोखरामा पहिलो पटक व्यवस्थापन संकाय एम.वी.एस कार्यक्रममा अध्ययनरत विद्यार्थी विच प्रतिस्पर्धा गरीएको कार्यक्रममा विद्यार्थीले लेखन तथा प्रस्तुतीकरण गर्नुभएको थियो ।

    सो दुई दिवसीय कार्यक्रममा कन्या क्याम्पस पोखराका ममता वास्तोला, शैव्या जोशी र विनिता सुवेदीको समुह प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ ।

    त्यसैगरी गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका मनु थापा, सुमन ढकाल र प्रतिक क्षेत्रीको समुह द्धितिय र आदिकवी भानुभक्त क्याम्पसका विद्यार्थी सुनिता राना, पुजा भण्डारी र सविना श्रेष्ठ तृतीय स्थान हासिल गर्नुभएको छ ।

    द्धितिय र तृतीय स्थान हासिल गर्ने समुहलाई क्रमशः पाँच हजार, चार हजार र तीन हजार नगद पुरस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको हो ।५ क्याम्पसबाट ३÷३ जना प्रतिस्पर्धी सहित ६ टिमको सहभागीता रहेको उक्त प्रतियोगितमा गुप्तेश्वर क्याम्पस, जनप्रिय क्याम्पस, कन्या क्याम्पस, पिएन क्याम्पस र दमौलीको आदिकवि भानुभक्त क्याम्पस रहेको थिए ।

    कार्यक्रममा विज्ञका रुपमा रहनुभएका पोखरा विश्वविद्यालयका प्रा.डा. उमेश सिंह यादवले विद्यार्थीको प्रस्तुती माथि छलफल तथा पृष्ठपोषण गर्नुभएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले एमबिएस विद्यार्थीहरुको क्षमता अभिवृद्धि गराउने लक्ष्य सहित आयोजना गरिएको प्रतियोगिता निकै उपलब्धिमुलक भएको बताउनुभयो ।

    क्याम्पस प्रमुख धर्मराज बरालले पोखरा आसपासमा रहेका क्याम्पसबिचको सम्बन्ध सँगै ज्ञान आदानप्रदानमा अबका दिनमा पनि यस्ता कार्यक्रम जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रम संयोजक तथा आइ। क्यू।ए।सी। प्रमुख राजकुमार सुवेदीको अध्यक्षतामा भएको सो प्रतियोगिता बाह्य क्रियाकलाप संयोजक दुर्गानाथ पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं