SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/२४ गते
    ५५ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले  “कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यवद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिवद्धता” भन्ने मुल नाराका साथ शुरु गरिएको तेस्रो ऐतिहासिक राष्ट्रिय मगर महोत्सवमा आज दशौ दिन भएको महोत्सवको आकर्षणका रूपमा रहेको मोफसलकै सवैभन्दा ठुलो पुरस्कार राशिको खुल्ला अन्तरपालिका पुरूष भलिवल प्रतियोगिता अन्तर्गत पोल “ए” को आजको पहिलो तथा तेस्रो क्वाटरफाइनल खेल कुश्मा नगरपालिका र मोदी गाउँपालिका, बीच भएको खेलमा कुश्मा नगरपालिकाले २-० को सोझो सेटमा बाजी मार्यो । खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । बेस्ट अफ थ्रीमा भएको खेलमा कुश्मा नगरपालिकाले पहिलो सेट २५-२० र दोस्रो सेट २५-१८ ले जित निकाल्दै  सेमिफाइनलमा प्रबेश गर्न सफल भयो ।

    त्यस्तै आजनै भएको पोल “बि” को चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा गलकोट नगरपालिका र कु.न.पा. दुर्लूंग बीच भएको थियो निकै रोचक उक्त खेलमा गलकोट नगरपालिकाले २-० को रोमान्चक सेटमा कु.न.पा. दुर्लूंगलाई हराउदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो । गलकोट नगरपालिकाले पहिलो सेट ३३-३१ को घम्साघम्सीले जित निकाल्दा दोस्रो सेट २५-१९ ले जित निकाल्दै  सेमिफाइनलमा प्रबेश गर्न सफल भयो । सेमिफाइनलमा गलकोट नगरपालिकाको भेट बिहादी गाउँपालिका संग हुनेछ भने कुश्मा नगरपालिकाले फाईनल प्रबेशको लागि फलेबास नगरपालिका सगं भिड्ने छ ।

    नकआउट चरण मा खेलईने उक्त प्रतियोगितामा प्रथम हुनेलाई सर्बाधिक पुरस्कार २,०२,२२२/ (दुईलाख दुईहजार दुईसय बाईस रुपयाँ, सिल्ड मेडल र प्रमाणपत्र) दोश्रो लाई १,०१,१११/ (एकलाख एकहजार एकसय एघार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) तृतीय हुने लाई नगद ५०,१११/ (पचासहजार एकसय एघार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) रहेको खेल संयोजक होम पुनले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं