SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/१६ गते
    ३६७ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, क्यालिफोर्निया ।

    हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि सगरमाथा समाजको पिकनिक हुने भएको छ ।

    उक्त पिकनिक कार्यक्रममा समाजले नेपाली नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम गर्नेछ । यहि ५ मे २०२४ आईतबार गर्ने कार्यक्रमको भब्य तयारी भैरहेको आयोजकहरुले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    विगत लामो समयदेखि समाजले नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान एवं बनभोज कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

    बनभोज कार्यक्रमका आयोजक समितिका संयोजक उत्तम शर्मा उप संयोजक विन्दु सापकोटा मनोज वली सन्नी सगरमाथा समाजका अध्यक्ष रमेश राउत ( चेत ) र महासचिव अनुप अधिकारीको जानकारी अनुसार यस बर्षको कार्यक्रम Baylands Park 999 E. Caribbean Dr. Sunnyvale मा बिहान ११ बजेवाट शुरु हुनेछ ।

    नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बे एरिया क्यालिकोर्निया र आसपास क्षेत्रका हजारौं संख्यामा सहभागी हुने अनुमान गरिएको संयोजक उत्तम शर्माले बताए । कार्यक्रममा सहभागीभई भरपुर मनोरन्जन लिन सन्नी सगरमाथा समाजले अनुरोध गरेको छ।

    यसपटकको पिकनिकलाई स्वादिष्ट भोजनको अलावा राफल चिट्ठा र उपहारहरु पनि राखिएको छ। साना वालवालिका र सिनियर सिटिजनहरुलाई विषेश ब्यवस्था गरेको छ । आयोजकहरुले सबैलाई सामाजीक संजालहरु मार्फत पनि चुल निम्ता गरिरहेका छन् ।

    स्मरण रहोस केहि अगाडी तय भएको यो कार्यक्रम नेपाल डे परेडका कारण स्थगन भएको थियो र यो मे ५ को लागि सारिएको थियो ।तस्बिर गत बर्षको हो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं