SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/५ गते
    २७३ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, अमेरिका ।

    गैर आवासिय नेपाली संघ राष्टिय सम्वनय परिषद, युवा बिद्यार्थी र खेलकुद बिभागले युथ बिभागको फण्डबाट राष्ट्रिय किक्रेट टिमका पुर्व कप्तान तथा हाल क्यान नेपालका सचिव पारस खड्कालाई नेपाली टिमको सहयोगको लागि अमेरिकी डलर १ हजार ५ सय अर्थात नेपाली रकम झण्डै दुई लाख सहयोग हस्तान्तरण गरेको छ ।

    त्यसतै गैर आवासिय नेपाली एनआरएनए एनसिसि अमेरिकाको तर्फबाट युवा उपाध्यक्ष अनुप खनाल, स्पोर्टस चियर राम श्रेष्ठ युथ चियर बिक्की थापा, स्पोर्टस को चियर बिक्रम शाही लगायतले सोही कार्यक्रममा रकम हस्तान्तरण गर्नु भएको थियो ।

    भने सहयोग रकम संकलनमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका युवा संयोजक तेज पौडेल, युवा विभागका संयोजक रविन पाठक , विद्यार्थी विभागका संयोजक अन्बि खनाल, जेमी श्रेष्ठ र खेलकूद विभागका संयोजक पंकज सुब्वा लगायतको सहभागीता रहेको थियो ।

    साथै साथी बाल्टीमोरले आयोजना गरेको फण्ड डेष्क संकलन कार्यक्रममा अमेरिकामा  हुने टि ट्वाण्टी क्रिकेट प्रतियोगितामा नेपाली टिमलाई सहयोग होस भनि बाण्टिमोरमा रहेका नेपाली खेलप्रेमीहरु, तथा गैर आवासिय नेपालीहरुले झण्डै १२ हजार डलर संकलन भएको साथी बाण्टिमोरका निर्वतमान अध्यक्ष रमेश भट्ट र हालका अध्यक्ष पर्विण खड्काले सुचना केन्द्र डटकमलाई जानकारी गराउनु भएको छ ।

    उक्त सहयोग रकम साथी बाल्टिमोरले राष्ट्रिय किक्रेट टिमका पुर्व कप्तान तथा हाल क्यान नेपालका सचिव पारस खड्कालाई नै हस्तान्तरण गर्ने छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी

    पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारवाही गर्ने खालको ऐन आवश्यक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं