SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/२३ गते
    २५० &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, क्यालिफोर्निया ।

    नर्दन क्यालिफोर्नियामा रहेको नेपालीहरुको पुरानो संस्था नेपाली एशोसियसन नर्दन क्यालिफोर्निया (नान्स)ले अप्रिल ७ तारेख आइतवारको दिन अर्थात नेपाली नयाँ बर्ष २०८१ को अवसरमा बृहत्त पिकनिकको आयोजना गरेको छ ।

    न्यान्सले विगतका बर्षहरुमा पनि नेपाली नयाँ बर्षको उपलक्ष्यमा पिकनिकको आयोजना गरेको र यस बर्षको पिकनिकलाई बिशेष बनाइएको  अध्यक्ष प्रितेश कार्कीले सुचना केन्द्र डटकमलाई बताउनु भएको छ ।

    पिकनिकमा लाइभ संगीत, नृत्य र अन्य सांस्कृतिक कार्यक्रमहरु राखिएको छ भने विगतका बर्षहरुमा झै राफेल ड्रको साथै आकर्षक पुरस्कारहरुको ब्यवस्था पनि गरिएको छ । नेपाली खानाका स्वादिष्ट परिकारहरुका साथै BBQ Local Napa Valley Goat & Chicken  को ब्यवस्था गरिएको  नान्सले जनाएको छ ।

    लोकप्रिय गायिका जुना प्रसाईले नयाँ बर्षको अवसरमा  नान्सले आयोजना गर्ने पिकनिकमा आफूले सांगितिक प्रस्तुती दिने जानकारी दिएकी छन् । कार्यक्रममा गायिका प्रसाईको अलावा बे एरिया र वरपर रहेका स्थानीय नेपाली कलाकारहरुले पनि भब्य प्रस्तुती हुनेछ ।

    नयाँ बर्षको अवसरमा सबै नेपालीहरुविच एकताबद्ध भएर मनाइने पिकनिकले नेपालीहरुलाई भावनात्मक रुपमा जोड्ने बताउदै सबैलाई पिकनिकमा सहभागिताको लागि आयोजक संस्था नान्सले आव्हान गरेको छ ।

    पिनिकमा रिचमण्ड सिटीका मेयर इडुआर्डाे मार्टिनेजको बिषेष सहभागीता रहने अध्यक्ष कार्कीले जानकारी दिएका छन् भने पिकनिक आइतवार १२ बजेवाट शुरु भई ५ बजेसम्म चल्ने  नान्सको सूचनामा उल्लेख गरिएको छ ।

    कार्यक्रम ९०० Dornan Dr Richmond  मा हुने छ भने पार्किगको ब्यवस्था पनि मिलाइएको जानकारी नान्सले दिएको छ । साथै यस क्षेत्रमा रहेका सबै नेपाली दाजुभाई दिदि बहिनीहरुलाई चुले निम्ता रहेको पनि जनाएको ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं