SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/३/१७ गते
    २८६ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर पौडेल,पोखरा । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविले माध्यमिक शिक्षा परिक्षा उत्र्तीण विद्यार्थीलाई सम्मान गरेको छ ।विद्यालयवाट एसइइ परिक्षामा सफलता प्राप्त गरेका ७६ जना विद्यार्थी र उनका अभिभावकलाई सम्मान गरिएको हो । विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराई, विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, सहायक प्रअ रामवहादुर वानियाँ, भेषराज पौडेल, समितिका सदस्य विमला अधिकारी, सन्दीप थापा, मेहरमान नेपाली, शिक्षक महेन्द्रमणि पौडेल,कृष्णप्रसाद पौडेल ,अभिभावक प्राध्यापक डा श्रीधर न्यौपाने लगायतले सम्मान गर्नुभयो ।

    कार्यक्रममा प्रधानाध्यापक आचार्यले सामुदायिक विद्यालय तर्फ विद्यालयले प्राप्त गरेको नतिजा अव्वल रहेको वताउँदै, सवैको मेहनतवाट यस वर्ष पनि उत्कृष्ट नतिजा आएको वताउनु भयो । विद्यालयले ए प्लस प्राप्त गर्ने ११ जना विद्यार्थीलाई विन्ध्यवासिनी पदक सहित नगद ५ हजार ५ सय ५५ राशीवाट सम्मान गर्ने घोषणा समेत गरेको छ ।

    उक्त सम्मान विद्यालयको वाषर््िाकउत्सवका दिन प्रदान गरिने वताईएको छ ।सो विद्यालयवाट उत्कृष्ट जिपिए सहित ९३ दशमलव ८२ प्रतिशत विद्यार्थी उत्र्तिण भएका थिए । ८१ जना मध्ये ११ जनाले ए प्लस प्राप्त गरेको विद्यालयले जनाएको छ । १२ कक्षा सम्म संचालित विद्यालयले कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन संकायमा आवेदन खुल्ला समेत गरेको दश जोड दुई संयोजक माधव अधिकारीले जानकारी दिनुभयो । सामुदायिक विद्यालय तर्फ देशकै उत्कृष्ट पहिलो वन्न सफल सो विद्यालयमा करिव १ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं