SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/१५ गते
    १४४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा महानगर पालिका वडा नं.१ ले हरितालिका तीज पर्वको अवसरमा अन्तर आमा समुह तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ।संस्कृत मा. बि.को सहकार्यमा वडा भित्रका ११ वटा समुहले सहभागिता जनाएकाे प्रतियोगितामा नमुना आमा समुह प्रथम भएको छ।प्रतियोगितामा अभियान महिला समूह द्वितीय, अधिकारी टोल दिदी बहिनी समुह तृतीय र रत्न आमा समुहले सान्त्वना स्थान हासिल गरेका थिए। सिद्धार्थ आमा समुह नृत्य र महिला मैत्री आमा समुह भेषभुषा तर्फ उत्कृष्ट भएको वडाका सुचना अधिकारी श्रीराम पौडेलले जानकारी दिनुभयो। विजयी टोलीलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, वडाध्यक्ष साहारा प्रधानले पुरस्कार वितरण गर्नुभयो।

    यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का ‘विखर्ची’ले कला, साहित्यको संरक्षणले मात्र मानव सभ्यताको विकास हुने बताउनुभयो। वडाध्यक्ष साहारा प्रधानले तीज पर्व नेपाली महिलाको मौलिक सास्कृतिक पर्व भएकाले, यसको मौलिकतालाई सबै पक्षले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।

    वडाध्यक्ष प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक विष्णु प्रसाद अधिकारी, लागु औषध नियन्त्रण समाज सुधार आमा समुहका अध्यक्ष कल्पना बास्तोला, वडा सचिव पोष्ट नारायण ढकाल लगायतकाले तिज पर्वको मौलिकताको विषयमा चर्चा गरेका थिए। वडा सदस्य शोभा गुरुङले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन वडा कार्यालयका अधिकृत एवं सुचना अधिकारी श्रीराम पौडेलले गर्नुभएको थियो।कार्यक्रममा लोकदोहोरी गायक तारापति सुवेदीले आफ्ना चर्चित तिज गित प्रस्तुत गर्नुभएको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    लोकदोहोरी गीत प्रतिष्ठानबाट मन क्षेत्री र नन्दमाया दुरा सम्मानित

    पोखरा। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक...

    एन प्याव्सनको श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर प्रथम

    पोखरा। एन प्यानव्सन कास्कीले आयोजना गरेको दोस्रो नेपाली पठन सिप एवम् श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी...

    सामुदायिक सेवा केन्द्र वगरको अध्यक्षमा पुनः रामप्रसाद

    पोखरा। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा– १ वगरको शनिबार सम्पन्न २१ औ...

    यति ठूलो सजाय दिनु उपसभामुख रानालाई उचित हुँदैनः प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपसभामुख इन्दिरा...

    बागलुङका पाँच पालिका भाडाकै घरबाट सञ्चालन

    ढोरपाटन (बागलुङ) । बागलुङका पाँच स्थानीय तह भाडाकै घरबाट सञ्चालन हुँदै आएका छन् । जैमिनी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं