SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/२९ गते
    १०७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा– १ वगरको शनिबार सम्पन्न २१ औ वार्षिक साधारण सभा तथा ११ औ अधिवेशनले पुनःरामप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यासमिति चयन भएको छ ।

    समितिको उपाध्यक्षमा दुर्गा दत्त भुगाई, सचिवमा कृष्णबहादुर तामा·, कोषाध्यक्षमा कमलप्रसाद बास्तोला, सहसचिवमा वावुराम भण्डारी चयन हुनुभएको छ ।त्यसैगरी सदस्यहरुमा हरिदेवी पराजुली, रामबहादुर लामिछाने, ऋषिराम भट्टराई कृष्णप्रसाद दाहाल, वलराम अधिकारी, रजनी शर्मा चपाई, लक्ष्मी शर्मा र प्रकाशचन्द्र सापकोटा चयन हुनुभएको छ ।

    निर्वाचन समितिका संयोजक हरिप्रसाद अधिकारी तथा सदस्य वैकुण्ठ अधिकारी र सुनिता देवकोटाले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाउनु भएको थियो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

    त्यसैगरी उत्कृष्ट कार्यसमिति सदस्य तर्फ सदस्य कृष्णप्रसाद दाहाल र ज्येष्ठ नागरिक तर्फ आजिव सदस्य सुरेन्द्रमान विजुक्छेकी आमा तारादेवि विजुक्छेलाई सम्मान गरिएको थियो ।

    त्यस्तै सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका इन्चार्ज प्रहरी हवल्दार गौतम कुमार हायू र सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी सहायक हवल्दार भिमप्रसाद काफ्लेलाई नगद सहित प्रशंशा पत्र प्रदान गरिएको थियो ।

    दश जोड दुई तर्फ संस्थामा आवद्ध सदस्यका छोराछोरी मध्ये आजविन सदस्य कल्पना आचार्य वास्तोला र ईश्वरी प्रसाद वास्तोलाका छोरा कृतन वास्तोला र आजिवन सदस्य रामप्रसाद अधिकारीकी नातिनी आकृति अधिकारीलाई नगद सहित प्रशंशा पत्र प्रदान गरिएको थियो ।

    यसअघि कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक मोहनकुमार थापाले वगर सामुदायिकका हरेक गतिविधि उत्कृष्ट रहेको बताउनुभयो ।

    ‘जिल्ला प्रहरी कार्यालय कास्कीमा रहदा यस संस्थाले गरेका हरेक गतिविधि नजिकबाट नियाल्ने अवसर मिल्यो, जसले समुदाय र प्रहरीलाई जोड्ने काम गरेको छ’ उहाँले भन्नुभयो,‘ यस संस्थाको सक्रियता अरु संस्थाले पनि सिक्न जरुरी छ ।’माछापुच्छ«े गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले संस्थाले गर्ने हरेक गतिविधिमा पालिकाले सघाउने बताउनुभयो ।

    सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. १ का वडा अध्यक्ष साहारा प्रधान, सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयका प्रथम उपाध्यक्ष तथा वगरका पूर्व अध्यक्ष मनपति भण्डारी, सामुदायिक सेवा केन्द्र वगरकी संस्थापक अध्यक्ष सीता गुरुङ, निवर्तमान अध्यक्ष रामभूषण पराजुली, आजिवन सदस्य चिजकाजी गुरुङ, सामुदायिक सेवा केन्द्र पृथ्वीचोककी उपाध्यक्ष मुना कुमारी बास्तोला, नमुना आमा समूहकी अध्यक्ष विष्णुकुमारी बास्तोला, सामुदायिक सेवा केन्द्र वगरका सचिव शिवराज अधिकारीले बोल्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र

    दमौली । बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित...

    ‘हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्ने हो, अरुले लडाउन सक्दैनन्’:रवि लामिछाने

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ...

    स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघको निरीक्षण

    पोखरा। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण...

    विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान...

    जनसहभागिता विनाका योजना सफल हुन सक्दैनन् : मुख्यमन्त्री पाण्डे

    मध्यविन्दु (नवलपरासी) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिता विनाका कुनै पनि योजना सफल हुन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं