SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/२७ गते
    २३८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । शर्माले आफूलाई अध्यक्षको उम्मेदवार बनाएको जानकारी भर्खरै प्राप्त गरेको अनलाइनखबरसँग बताए ।

    राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् । उनीहरुबीच माओवादी केन्द्रको उम्मेदवारलाई समर्थन गर्ने सहमति छ ।

    ७३ वर्षीय शर्मा २०७८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । संघीय संसद सचिवालयको विवरण अनुसार शर्मा २०२७ सालदेखि राजनीतिमा छन् । २०२७ मा नेपाल विद्यार्थी संघको संस्थापक सदस्यता लिएका उनी २०२८ मा नेपाल विद्यार्थी संघको केन्द्रीय उपसभापति भएका थिए । २०३४ मा तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दा जेल परेका थिए ।

    २०३३ मा नेपाली काग्रेस बाँके जिल्लाको सचिव भएका उनी २०४५ देखि २०४९ सालसम्म बाँकेकै सभापति थिए । राष्ट्रिय सभाको अध्यक्षको उम्मेवार भएपछि उनले पार्टीले आफूलाई विश्वास गरेको प्रतिक्रिया दिए । ‘फोन गरेर पार्टीले तपाईं अध्यक्षको उम्मेदवार हुनुहुन्छ भनेको छ । जित हार परिणामले देखाउँछ । पार्टीले मलाई विश्वास गर्‍यो, नेतृत्वलाई म धन्यवाद दिन चाहन्छु’, शर्माले अनलाइनखबरसँग भने । राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भए संवैधानिक जिम्मेवारी कुशलतापूवर्क निर्वाह गर्ने पनि उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं