SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/१८ गते
    १५४५ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, क्यालिफोर्निया, अमेरिका ।
    हुनत नेपाली युवाहरु लागि अमेरिका जस्तो देश नै सपनाको दश हो, त्यसमाथी यहा आएर बुन्ने सपना सानोतिनो पक्कै हुदैन । त्यहि लिष्टमा अहिले चलिरहेको नाम हो आकाश देवकोटा ।
अमेरिकाको लस एन्जलसका उनै यूवा आकाश देवकोटाले अग्रेजी गीतमा आफ्नै सोलो म्युजिक भिडियो बनाएपछि चर्चा शुरु भएको हो ।

    नेपाली लोक दोहोरी क्षेत्रका चर्चित सर्जक तथा गायक कृष्ण देवकोटाका छोरा भएको कारण पनि उनको चर्चा फरक रुपमा भैरहेको छ ।

    कास्की चापाकोटमा मूल घर भई पोखरा १७ बिरौटामा हुर्किएका देवकोटाले अमेरिकी चर्चित गायक क्रिस ब्राउनको गीत फरबिडव(forbidden)मा अभिनय गरेका हुन् । उनले उक्त गीतको कभर भिडियो बनाएका हुन्। यो गीतको ओरिजिनल भिडियोमा लाखौ भ्युज छ ।

    रिदम एण्ड ब्लुस जनराको यो गीत आफूलाई धेरै मन पर्ने भएकोले यसैमा भिडियो बनाएको उनले बताए । भबिष्यमा फिल्म क्षेत्रमा काम गर्ने उद्देश्य भएकोले आफैले मोडेल भएर खेलेको पनि उनले बताए ।

    यो गीतमा आकाशले मोडलका रुपमा मात्र काम गरेका छैनन, यसको कोरियोग्राफी पनि उनी आफैले गरेका हुन् । कलेजकै आफ्ना साथी अमेरिकी युवा रायन वेक्सलर(Ryan Wexler)ले यो भिडियोको निर्देशन गरेका हुन् । त्यस्तै ज्याक निल(Jack Neal) र मारियो एन्ड्रे(Mario Andera)ले भिडियोको सह निर्देशन गरेका हुन् ।

    लस एन्जलसको चाईना टाउनमा तीन दिन लगाएर भिडियोको सुट गरिएको आकाश बताउछन् । उनी भन्छन, “तीनदिनको मेहेनतबाट एउटा राम्रो भिडियो बनाउन सकेकोमा म खुशी छु ।”

    आकाशले र्यापर ब्याड बन्नी Bad Bonny र अर्का गायक Snoop Dog को भिडियोमा पनि काम गरिसकेका छन्। यसका अतिरिक्त उनले लस एन्जलस र वरपरका सहरहरुमा हुने विज्ञापन र कमर्सियल कार्यक्रमहरुमा मोडेलको रुपमा काम गर्दै पनि आईरहेका छन् ।

    २२ बर्षका आकाश बलिउडको सपना देखि रहेका छन्, उनको शरिर पनि निकै फिट छ, कलाकारिता क्षेत्रमा केहि गरेर देशको नाम राख्ने चाहाना उनको मन भित्र रहेका पनि उनी बताउछन् ।

    १६ बर्षको उमेरमा परिवारसंगै अमेरिका आएका आकाश अहिले यहां कम्प्युटर साईन्स पढ्छन् । आकाशले सानैदेखि संगीतमा रुची राख्ने र नाच्न अनि अभिनय गर्न मन पराउने गरेको उनका बुबा कृष्ण देबकोटा बताउंछन् ।

    आकाशको चाहना र उद्देश्य भनेको हलिउडमा प्रवेश गर्ने र त्यहिं जम्ने रहेको छ । हलिउडको माहौल र उनको मेहनतबीच राम्रो तालमेल मिलोस । हाम्रो शुभकामना ! यस्तो छ उनले अभिनय गरेको भिडियो

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं