SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/२/२८ गते
    २२६ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तर्गत पर्बत जिल्ला विरुद्ध ४-० को जित निकाल्दै बागलुङ जिल्ला सेमिफाइनलमा प्रबेश गरेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको आयोजनमा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिन भएको निकै रोमान्चक खेलमा पर्बत जिल्लालाई पाखा लगाउदै बागलुङ जिल्ला सेमिफाइनलमा पुग्न सफल भयो ।

    पहिलो हाफमा निकै लयमा खेलेर गोलरहित बराबरीमा खेलेको पर्बत दोस्रो हापमा भने आफ्नो लय गुमाउदै चार गोल खायो । बागलुङ जिल्लाको जितमा आयूष खड्काले खेलको दोस्रोहाप ४६, ४९ र ७८ औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने निश्चल महतले ७१ औँ मिनेटमा चौथो गोल थपे पछि बागलुङले सहज निकालेको हो ।

    अब बाग्लुंग ले सेमिफाइनलमा तनहुँको सामना गर्ने छ भने प्रतियोगितामा उपाधि विजेता टिमले नगद २ लाख र उपविजेता हुने टिमले नगद १ लाखका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताबाट दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं