SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/१४ गते
    ३५५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ,शिशिर पौडेल । पोखराको बाटुलेचौरस्थित बिन्ध्यवासिनी माध्यमिक विद्यालयमा अन्तर सदनात्मक र खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा विभिन्न तहका विद्यार्थीलाई तीजको परम्परा र मौलिक भाकाको विषयमा जानकारी दिने उद्घेश्यले आयोजित कार्यक्रममा खुल्ला तर्फ नम्रता सुनारको समुह प्रथम, प्रिति विकको समुह द्वितीय, विश्वास पोखरेलको समुह तृतीय र एन्जिला भट्टराईको समुह सान्त्वना भएका छन् ।

    त्यस्तै जुनियर तर्फ अन्तर सदनात्मक प्रतियोगितामा रातो सदन प्रथम र निलो सदन दोस्रो भएको प्रावि तहका सह ईन्चार्ज गोविन्द शर्मा पौडेलले जानकारी दिए । विजयी विद्यार्थीलाई प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, सह प्रधानाध्यापक राम वहादुर बाँनिया,प्रावि तह ईन्चार्ज ईन्दु भट्टराईले पुरस्कार प्रदान गरे । विद्यार्थीको प्रतिभा र प्रस्तुतीलाई ईन्दु भट्टराई,सिर्जना सिग्देल, दुर्गा सापकोटा, विष्णुप्रसाद पौडेल, पुष्पा थापा र कामना थापाले मुल्यांकन गरेका थिए ।

    कार्यक्रममा प्रधानाध्यापक आचार्यले तीज पर्व नेपाली मौलिक संस्कृति भएको वताउँदै, यसको मौलिकताको संरक्षण गर्न नयाँ पुस्ता अग्रसर हुनुपर्नेमा जोड दिए । प्रावि तहका सह ईन्चार्ज गोविन्द शर्मा पौडेलले विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि कार्यक्रम महत्वपुर्ण रहेको वताए । सह प्रधानाध्यापक बाँनिया र विद्यार्थी जस्मिन सुनारको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संगिता शर्मा र पुनम आचार्यले गरेका थिए ।प्रतियोगी विद्यार्थीले मौलिक भाका र नृत्य प्रस्तुत गरेको कार्यक्रममा कक्षा १ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    लोकदोहोरी गीत प्रतिष्ठानबाट मन क्षेत्री र नन्दमाया दुरा सम्मानित

    पोखरा। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक...

    एन प्याव्सनको श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर प्रथम

    पोखरा। एन प्यानव्सन कास्कीले आयोजना गरेको दोस्रो नेपाली पठन सिप एवम् श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी...

    सामुदायिक सेवा केन्द्र वगरको अध्यक्षमा पुनः रामप्रसाद

    पोखरा। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा– १ वगरको शनिबार सम्पन्न २१ औ...

    यति ठूलो सजाय दिनु उपसभामुख रानालाई उचित हुँदैनः प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपसभामुख इन्दिरा...

    बागलुङका पाँच पालिका भाडाकै घरबाट सञ्चालन

    ढोरपाटन (बागलुङ) । बागलुङका पाँच स्थानीय तह भाडाकै घरबाट सञ्चालन हुँदै आएका छन् । जैमिनी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं