SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/२८ गते
    ५५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरामा शुक्रबार देखि दुई दिने २० औ इन्द्र बहादुर गुरुङ मेमोरियल विद्यालय स्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला ब्याटमिन्टन संघको आयोजनामा शुक्रबार देखि पोखराको रंगशालामा रहेको ब्याटमिन्टन हलमा प्रतियोगिता सुरु भएको हो ।स्वास्थ्यको लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजना भएको प्रतियोगितामा कास्की जिल्लाका विभिन्न ४० वटा विद्यालयका १ सय ९५ विद्यार्थीहरुले सहभागिता जनाएको छ ।

    खेलको विकास तथा विस्तार गर्ने,स्कुलका विद्यार्थीहरुमा ब्याटमिन्टन खेल प्रति रुचि जगाउने,राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितहरुमा प्रतिस्पर्धा गर्ने उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने लक्ष्यसहित उक्त प्रतियोगिता आयोजना गरिएको कास्की जिल्ला ब्याटमिन्टन संघका उपाध्यक्ष एंव प्रतियोगिता संयोजक विशाल खड्काले जानकारी दिए ।

    कक्षा १ देखि १२ कक्षासम्मका विद्यार्थीहरुको सहभागितामा छात्रा तथा छात्र गरि २ विधामा ९ क्याटागोरीमा स्पर्धा हुदैछ । खड्का अनुसार प्रतियोगितामा कक्षा १–५ सम्मका छात्र–छात्रा सिङ्गल, कक्षा ६– ८ सम्मका छात्र–छात्रा सिङ्गल, कक्षा ९–१० सम्मका छात्र–छात्रा सिङ्गल, कक्षा ११–१२ का छात्र–छात्रा सिङ्गल तथा कक्षा ११–१२ का छात्र डबल्स गरि ९ वटा क्याटागोरीमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रमुख अतिथि प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले प्रतिायोगिताको उद्घाटन गरे ।

    उनले विद्यालयस्तरिय प्रतियोगिताले विद्यार्थीहरुको बिचमा भाइचाराको विकास हुनुका साथै स्तरीय खेलाडी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले ‘विद्यालयस्तरबाट सञ्चालन हुने प्रतियोगिताले नै उत्कृष्ट खेलाडी उत्पादन गर्ने थलो भएको बताए । उनले खेल क्षेत्रको विकास र विस्तारमा इन्द्रबहादुर गुरुङको योगदानको स्मरण गर्दै प्रतियोगितालाई निरन्तर रुपमा सञ्चालनका लागि आगामी दिनमा साथ र सहयोग रहने प्रतिबद्धता समेत गरे ।

    कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले प्रतियोगिताले विद्यार्थीहरुलाई आफ्ना प्रतिभा प्रस्फुटन गर्ने अवसर प्राप्त हुने बताए । प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुनेलाई ट्रफि,मेडल,प्रमाणपत्र र प्रोत्सहान पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । शुक्रबार प्रिक्वाटर सम्मका खेलहरु सम्पन्न हुने प्राविधिक टोलीका ज्ञानेन्द्र भण्डारीले बताए ।

    कास्की जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष शुशिल कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उद्धघाटन सत्रमा स्व.इन्द्र बहादुर गुरुङका श्रीमति जगदेश्वरी,छोरी कञ्चन गुरुङ लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विशाल खड्का र कार्यक्रम संचालन सचिव फणिन्द्र तिमिल्सनाले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र

    दमौली । बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित...

    ‘हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्ने हो, अरुले लडाउन सक्दैनन्’:रवि लामिछाने

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ...

    स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघको निरीक्षण

    पोखरा। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण...

    विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान...

    जनसहभागिता विनाका योजना सफल हुन सक्दैनन् : मुख्यमन्त्री पाण्डे

    मध्यविन्दु (नवलपरासी) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिता विनाका कुनै पनि योजना सफल हुन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं