SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/४/५ गते
    १८५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्बत,तिलाहार । जिल्ला ह्याण्डबल संघ पर्वतको अग्रसरतामा ह्याण्डबल संघ मोदी गाउँपालिका समिति गठन भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७, राष्ट्रिय खेलकुद विकास ऐन २०७९, प्रदेश खेलकुद विकास ऐन २०७७, प्रदेश खेलकद विकास नियमावली २०७८ र नेपाल ह्याण्डबल संघको विधानअनुसार प्रत्येक जिल्लामा तीन पालिका खेल संघहरु गठन गर्ने व्यवस्था भए बमोजिम पर्वत जिल्ला ह्याण्डबल संघले ह्याण्डबल खेलको विकासका लागि विभिन्न पालिकाहरुमा ह्याण्डबल संघ गठन गर्नुपर्ने आवश्यकता महशुष गरी जिल्लाको मोदी गाउँपालिकामा ह्याण्डबल संघ मोदी गाउँपालिका समिति गठन भएको हो । आज मोदी गाउँपालिकाको तिलाहारस्थित कर्भडहलमा आयोजित ह्याण्डबल खेलमा इच्छुक खेलाडीहरुको भेलाले समिर मल्लको अध्यक्षतामा पालिका समिति चयन गरेको थियो । नवगठित नगर समितिको उपाध्यक्ष विनोद सेन्चुरी, सचिव प्रकाश सुवेदी, कोषाध्यक्ष ओम बहादुर सुनार र सदस्यहरुमा क्रमशः विमल लामिछाने, निर्दोश लामिछाने, सकमान श्रेष्ठ, प्रिती विश्वकर्मा र सञ्चिता क्षेत्री रहनुभएको छ । मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेको विशेष उपस्थितिमा सम्पन्न भएको भेलामा ह्याण्डबल खेलको बारेमा जिल्ला ह्याण्डबल संघका अध्यक्ष तथा प्रदेश ह्याण्डबल संघ गण्डकीका महासचिव राजेन्द्र पहाडीले जानकारी गराउँदै नवगठित पालिका समितिका पदाधिकारीहरुलाई जिल्ला संघको तर्फबाट बधाई ज्ञापन गर्नुभएको थियो ।

    यसैगरी मोदी गाउँपालिका उपाध्यक्ष विमल लामिछानेले आफू पनि ब्याडमिन्टनको खेलाडी भएकाले मोदी गाउँपालिकामा ह्याण्डबल खेलको प्रवद्र्धनमा विशेष ध्यान दिने जानकारी गराउँदै निटक समयमा नै पालिका ह्याण्डबल संघसँग समन्वय गरेर ह्याण्डबल खेलका लागि आवश्यक बल, नेट तथा अन्य सामग्रीको प्रबन्ध गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले खेलका लागि अनुशासन अति नै जरुरी भएकाले नवगठित पालिका ह्याण्डबल संघमा आबद्ध युवाहरु अनुशासित भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । मोदी गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत दिनेश शर्माले स्वास्थ्यका लागि खेल, राष्टका लागि खेल भन्ने नारालाई सार्थक बनाउन ह्याण्डबल खेलाडीहरुले लगनका साथ आफ्नो खेलमा लागिरहनुपर्ने आवश्यकता रहेको बताउनुभयो । जिल्ला ह्याण्डबल संघ पर्वतका सचिव रमेश श्रेष्ठको समग्र सहजीकरणमा सम्पन्न भएको भेलाका सहभागीहरुले मोदी गाउँपालिकामा पनि ह्याण्डबल खेलको विकास गर्न विद्यालयस्तरबाट नै प्रशिक्षण तथा खेलका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो । जिल्ला ह्याण्डबल संघले यस अघि कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा पालिकास्तरीय ह्याण्डबल संघ गठन गर्ने कार्यक्रम सम्पन्न गरिसकेको संघका अध्यक्ष राजेन्द्र पहाडीले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी दिनुभएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं