SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/१९ गते
    १३५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वत  जिल्लाको मोदी गाँउपालिका वडा नं २ देउपुरमा ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको छ। विहिबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)देउपुर, २ वडा कमिटीको दोस्रो वडा अधिवेशनको उद्घाटन सत्रमा सो सम्मान गरिएको हो । देउपुरको मोदी सभाहलमा आयोजना गरेको कार्यक्रममा १३ जना ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको हो ।आफ्नो जीवनकालमा पार्टीमा रहेर विभिन्न काल खण्डमा योगदान गर्नुहुने ८४ बर्ष नाँघेका ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको वडा कमिटीले जानकारी दिएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य तथा मोदी गाँउपालिकाका अध्यक्ष हिरा देवी शर्माले ‘एमालेले विगतदेखि नै हरेक अवस्थाका नागरिकको संरक्षण र हितमा काम गरिरहेको बताउदै एमाले ज्येष्ठ नागरिकको सहारा बनिरहेको बताउनुभयो।

    https://youtu.be/GIWL8V2f_io?si=tT9gSbd9buCV7Zp6

    नेकपा (एमाले) जिल्ला कमिटीका अध्यक्ष गोविन्द पहाडीले सम्मानको लागि वडा कमिटीलाई धन्यवाद ब्यक्त गर्दैं एमाले सरकारले सुरु गरेको वृद्धभत्ताले ज्येष्ठ नागरिकलाई जीवनयापन र औषधि उपचारमा सहज भएको बताउँदै उहाँले आगामी दिनमा पनि सामाजिक सुरक्षाका सवालमा पार्टी गम्भीर भएर लाग्ने प्रतिबद्धता जनाउनु भयो ।

    https://youtu.be/GIWL8V2f_io?si=tT9gSbd9buCV7Zp6

    देउपुर वडा कमिटीका अध्यक्ष दिनेश पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले)गण्डकी प्रदेश कमिटीका सदस्य प्रेम शर्मा पौडेल, जिल्ला कमिटी उपाध्यक्ष बिमल लामिछाने, पालिका कमिटीका अध्यक्ष हिमलाल पौडेल,लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं