SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/२५ गते
    २०५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जि एण्ड जि मिडिया प्रा लिको आयोजना, मोदी गा पा र कुश्मा नगरपालिकाको सहयोगमा जिल्लामा सञ्चालनमा रहेका सम्पूर्ण अनलाइन सञ्चार माध्यममा आवद्द रहेका सञ्चारकमी बिच अनलाइन सञ्चार माध्यम र विधुतिय कारोबार ऐन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

    कार्यक्रमा बोल्दै पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले देशमा शुशासन ल्याउने कुरामा मिडियाको ठुलो भुमिका रहेको बताए। सरकार एक्लैले शासन गर्न नसक्ने भएकाले नै राज्यका हरेक अङ्गहरूको प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताए । जि एण्ड जि मिडिया ले पत्रकारहरुलाई ऐन, कानुनको बारेमा जानकारी गराएर राम्रो अभ्यास गरेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

    कार्यक्रमा बोल्दै कुश्मा नगरपालिका लेखा प्रमुख सुरेन्द्र रेग्मीले कार्यलयबाट प्रदान गर्ने बिज्ञापन, सुचनाको बारेमा स्पष्ठ पारेका थिए ।

    उक्त कार्यक्रम ३ चरणमा बिभाजन गरिएको थियो । पहलिो चरणमा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाका पूर्व उपाध्यक्ष गणेश पौडेलले पर्वत जिल्लामा सञ्चालित अनलाइन मिडियाको अवस्था ,चुनौती, दर्ता,प्रक्रियाको बारेमा जानकारी गराएका थिए ।

    दोस्रो चरणमा जिल्ला न्यायाधिवक्ता  केदार नाथ उपाध्यायले कतिपय मिडियाहरु कानुनी,आबिज्ञ हुदा समस्यामा पर्ने गरेको बताए । उनले अदालती अभ्यास आचार सहिता का बारेमा प्रकाश पारेका थिए । तेस्रो चरणमा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाका सस्थापक अध्यक्ष भोलानाथ शर्माले मिडियाकर्मी साथीहररु समचार लेख्ने क्रममा कानुनी रुपमा सबल भइ लेखेमा समस्या नपर्ने बताए

    नेपाल पत्रकार महासङ्घ पर्वत शाखाका पूर्वअध्यक्ष ओम प्रसाद घायल,नेपाल पत्रकार महासङ्घ पर्वतका पूर्वअध्यक्ष दुर्गा प्रसाद शर्मा, नेपाल पत्रकार महासङ्घ पर्वत शाखाका अध्यक्ष सन्तोष थापाले यो कार्यक्रम निकै प्रभावकारी रहेको भन्दै जि एण्ड जि मिडिया प्रा लि लाई धन्यबाद ज्ञापन गरेका थिए ।

    हार्नेस जीपलाईनको रिसोर्ट साउनेबगरमा भएको कार्यक्रममा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । जि एण्ड जि मिडिया प्रा लिको आयोजना, मोदी गाउँपालिका र कुश्मा नगरपालिकाको सहयोगमा भएको कार्यक्रमको जि एण्ड जि मिडिया प्रा लि सञ्चालक गणेश गिरीलेसञ्चालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी

    पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारवाही गर्ने खालको ऐन आवश्यक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं