SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/१५ गते
    १७६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौ ।टेलिभिजन सिरियल ‘सक्किगो नि’ समूहले निमार्ण गर्न लागेको कथानक फिल्म ‘लाज शरणम्’मा कलाकार महेश त्रिपाठी जोडीएका छन् । फिल्मको यतिबेला कार्यशाला चलिरहेको छ । जेठ १५ छेकोदेखि छायांकन सुरु हुने फिल्मका कलाकार यतिबेला पात्र निर्माणको गृहकार्यमा छन् ।

    निर्माताले आधिकारिकरुपमा केही नबताएपनि फिल्मको कास्टिङलाई लिएर महत्वपूर्ण विकास भएको छ । यो कमेडी–सोसल ड्रामामा सागर लम्साल ‘बले’ र दीपक आचार्य ‘काकु’ कलाकार हुने र कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गर्ने खबर यसअघि नै सार्वजनिक भइसकेको छ ।

    निर्माताले अधिकारिक घोषणा नहुञ्जेलसम्म सूचनालाई बाहिर आउन नदिन निकै प्रयास गरिरहेका छन् । यद्यपि, यो फिल्मको कास्टिङ रोचक हुने पक्का छ । स्रोतका अनुसार यो फिल्ममा हल्कार फेम महेश त्रिपाठी पनि जोडीएका छन् । त्रिपाठीको केही महिना अगाडी धरानमा सुटीङ भएको अर्को कमेडी जन्द्राको फिल्म खजुरे व्रो आगामी वैशाख २८ गतेदेखि रिलिज हुदै छ । महेश त्रिपाठी सगै कलाकार रेणु योगी र प्रशान्त ताम्राकार पनि जोडिएका छन् । यी तीनजना कलाकार अहिले वर्कसपमा छन् ।

    यसबारे बलेलाई सोध्दा उनले आफू मौन रहने बताए । अहिले पुरानो बानेश्वरमा यो फिल्मको वर्कसप चलिरहेको छ । सुदीप बरालले छायांकन गर्ने यो फिल्मको छायांकन कर्णाली प्रदेशमा हुने तयारीमा छ ।

    यस अध्घि वसन्त पञ्चमीको अवसर पारेर सामाजिक सञ्जालमार्फत नाम सार्वजनिक गरिएको थियो । चलचित्रका बारेमा विस्तृत जानकारी भने दिइएको छैन । ९पाँडे० र कुमार कट्टेल ९जिग्री० सक्किगोनीको निर्देशन गर्दै आएका छन् ।

    फिल्ममा सक्किगोनीका थुप्रै कलाकारहरूलाई देख्न सकिने छ अनुमान गरीएको छ । निर्माताले चाँडै पत्रकार सम्मेलनमार्फत यसबारे आधिकारिक घोषणा गर्ने तयारी गरिरहेका छन् । जेपीटी क्रिएसनको ब्यानरमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्मm अहिले मुलक र नागरीकले भोग्नु परेको यथार्थ समस्यालाई चित्रण गर्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं