SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/२/१७ गते
    २५१ &#२३४६;&#२३३५;&#२३२५;

    अमेरिका। एनआरएनए अमेरिका पश्चिम क्षेत्रीय संयोजक र प्रहरीका उच्च अधिकारी विच भेटघाट सम्पन्न भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा नेपाल प्रहरीका प्रमुख आईजीपी बसंन्त कुवॅंर, नेपाल प्रहरीका प्रवक्ता तथा डिआईजी दान बहादुर कार्की, नेपाल प्रहरीका डिआईजी डा. संजय बिक्रम श्रेष्ठ, नेपाल प्रहरीका एसएसपी विश्व अधिकारी लगायत प्रहरी अधिकारीसंग भेटघाट सम्पन्न भएको छ ।

    यो भेटघाटका क्रममा अमेरिकामा बस्दै आउनुभएका पूर्व प्रहरीको संगठन अमेरिकाको क्यालिफोर्निया बाट दर्ता भई नेपाल अमेरिकाको सम्बन्ध विशेष बनाउन संगठनले भूमिका खेल्ने बारे संस्थापक सदस्य विष्णु केसीले जानकारी गराउनु भयो ।

    एनआरएनए अमेरिकाको पश्चिम क्षेत्रिय संयोजक केसी को नेपाल भ्रमणको क्रममा नेपाल प्रहरीका उच्च अधिकारीसंग विशेष भेटघाट प्रहरी प्रधान कार्यालय नक्सालमा सम्मपन्न भएको हो ।

    पूर्व प्रहरी संगठन अमेरिका टिमले झण्डै ४ लाख अमेरिकी डलर कोषमा जम्मा गरिसकेको छ । यो संगठन को अध्यक्ष दल बहादुर बोगटी हुन । यो संगठन अमेरिकामा आधिकारिक रुपले दर्ता गरिएको छ । एनआरएनए नेता केसी र युवा पत्रकार एचबी ताम्राकार नक्सालमा जानुभयो । यो भेटघाटले अमेरिकामा रहेका नेपाली र पूर्व नेपाल प्रहरीका अधिकारी लगायत व्यक्तित्वको विषयमा विशेष जनाकारी गरिएको थियो ।

    एनआरएनए नेता केसी को नेपाल बसाईको क्रममा विभिन्न उच्च ओहोदाका व्यक्तित्वसंग भेटघाट तथा छलफल कार्यक्रम रहेको छ ।नेता केसी सामाजिक अभियान्ता पनि हुन । कोरोना महामारीमा उनले नेपालकोलागि खुलेर सहयोग गरेका थिए ।

    अमेरिकामा बसेरपनि नेपाल र नेपालिको हितमा निरन्तर काम गरिरहने नेताको रुपमा परिचित छन् । अमेरकाको क्यालिफोर्नियामा बसेर पनि नेपाली क्रिकेट जगतलाई विशेष उचाई दिनुपर्छ भन्दै उनले क्यानका सचिव पारश खड्का लगायत टिमलाई अमेरिकामा विशेष कार्यक्रम गरेर नेपालको उचाई कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं