SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/३/७ गते
    २८१ &#२३४६;&#२३३५;&#२३२५;

    सचिन्द्र श्रेष्ठ। अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ युएईले, यूएईको दुबईमा दुबई हेल्थ अथोरोटी सँगको सहकार्यमा बृहत् रक्तदान कार्यक्रम दुबई हेल्थ अथरिटीकै परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली रक्तदाता संघ युएईका जगन अधिकारीको संयोजकत्वमा सम्पन कार्यक्रममा रक्तदातालाई निःशुल्क परामर्श सहित चिसो र नास्ताको व्यवस्था गरिएको थियो।

    उक्त कार्यक्रममा युएईमा बसोबास गर्ने नेपाली दाजु भाई, दिदीबहिनीहरु, समाजसेवी, बुद्दीजिवी,नेपाली राजदूतावास यूएई,सामाजिक संघ संस्था लगायतको बाक्लो उपस्थिति रहेको थियो।

    मानव जीवनको अत्यन्तै पुण्य काम रक्तदान हो । रगतको अभावमा कुनै पनि मानव जातिले ज्यान गुमाउनु नपरोस भनी रक्तदान कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष बासुदेव ढुंगानाले बताए ।

    यो बर्ष देखि यूएईमा बसोबास गर्ने नेपालीहरुमा नयाँ नयाँ स्वयंसेवी रक्तदाताहरूको संख्यामा थप वृद्धि गर्ने र यो कार्यक्रम यूएईको पहिलो कार्यक्रम भएको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका कार्य समिति सदस्य सुनील श्रेष्ठले बताए।

    स्वयंसेवी रक्तदाताहरूलाई थप उत्प्रेरणा गराउन सन् २००४ जुन १४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो भने नेपालमा बि.स.२००० साल देखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । समाजसेवी दयावीरसिंह कंसाकार नेपालका पहिलो रक्तदाता हुन् ।
    डा. कार्ल ल्याण्डस्टिनरको जन्म दिन जुन १४ लाई विश्व रक्तदाता दिवस भनी घोषणा गरिएको छ।सोहि अनुरूप जून १७ मा यूएईमा सम्पन्न रक्तदान कार्यक्रममा कूल १३८ जना रक्तदाताले रक्तदान गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं