SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/२१ गते
    २६६ &#२३४६;&#२३३५;&#२३२५;

    स्यानफ्रान्सिस्को ।

    आगामी अप्रिल १४ तारेखमा स्यानफ्रान्सिस्कोमा हुने ‘नेपाल डे परेड’को तयारी अन्तिम चरणमा पुगेको छ । गत शनिवार मार्टिनेजमा आयोजित विभिन्न संघ संस्थाका प्रतिनिधिसंगको छलफलमा आयोजकहरुले सो जानकारी दिएका हुन् ।

    एनाअरएनए बेष्ट रिजन, एनआरएनए क्यालिफोर्निया च्याप्टर, जनजाती महासंघ र विभिन्न संघ संस्थाहरुको सहकार्यमा नेपाल र नेपाली कल्चर चिनाउने उदेश्यले हुन गइरहेको सो परेडमा यस पटक ठूलो धनराशी सहितको  अप्रिल १२ र १३ गरि दुई दिने भलिवल प्रतियोगिता पनि समावेश गरिएको बेष्ट रिजनका अध्यक्ष विष्णु  केसीले जानकारी दिए ।

    एनआरएनए क्यालिफोर्निया च्याप्टरका कोषाध्यक्ष तेजेन्द्र बरालका अनुसार  परेडमा लाग्ने खर्च ब्यवस्थापनको लागि सहयोग जुटाउने कार्य जारी रहेको छ भने हालसम्म ४० हज्जार भन्दा माथी रकम संकलन भइसकेको छ ।

    एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाका अनुसार सबै संघ संस्थावाट सहयोग र समर्थन आउने क्रम जारी रहेको र परेडको मिति नजिकिदै जाँदा मानिसहरुको उत्साह जागेको छ ।

    हामीले दुई बर्ष अगाडि नेपाल डे परेड जासरी भब्य रुपमा सम्पन्न गरेका थियौ, त्यसैगरि यस बर्षपनि सम्पन्न गर्नेछौ’-उनले भने । नेपाल डे परेडमा नेपालका चर्चित क्रिकेट खेलाडी पारश खड्का पनि सहभागी हुने अध्यक्ष ओझाले जानकारी दिए ।

    गत शनिवार भएको समिक्षात्मक बैठकका सहभागीहरुले नेपाल डे परेडको लागि आफूहरु सक्दो सहयोगको लागि तयार रहेको जानकारी गराएका थिए ।

    संघ संस्थाहरुको संयोजनको जिम्मा लिएका उत्तम कार्कीको संयोजनमा भएको सो बैठकमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए । नेपालका विभिन्न भेषभुषा र कलासंस्कृतिलाई चिनाउने उदेश्यले हुने ‘नेपाल डे परेड’ले नेपाल र नेपालीको गौरपूर्ण गाथालाई थप उचाइमा पुर्याउने एनआरएनए क्यालिफोर्नियाका बोर्ड अफ डाइरेक्टर जनकराज ढुंगानाले जानकारी दिए । दुरबिन नेपालबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं