SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/७/३० गते
    ३५५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनी देखि वडा नम्बर २ माझफाँटको रातढुङ्गा जाँदै गरेको जिप बुधबार साँझ दुर्घटना हुँदा १ जनाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

    दुर्घटनामा परी १३ जना घाइते भएका छन् । घाइेतलाई उपचारका लागि बेनी अस्पतालमा ल्याइएको छ । तिन जना गम्भिर घाइेतहरुलाई थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ ।

    ग १ ज ५२९६ नम्बरको बोलेरो जीप भुर्तुलाको भीर स्थित सडक देखि एकसय पचास मिटर तल खसेर दुर्घटना भएको मिलनचोक प्रहरी चौकीका हवल्दार धनशिंह कुँबरले जानकारी दिनुभयो । उकालो र साघुरो सडक भएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

    दुर्घटनाको खबर पाउनसाथ स्थानीयवासी र प्रहरीको टोलीले घाइतेहरुलाई उपचारका लागि बेनी अस्पतामा ल्याइएको थियो । उपचारका क्रममा माझफाँट स्थायी ठेगना भएका चालक ३० वर्षीय डम्बरबहादुर नेपालीको मृत्यु भएको बेनी अस्पतालले जनाएको छ ।

    घाइेत हुनेहरुमा जलजला २ की १५ वर्षीय आशिस नेपाली, वर्ष ३० को सुमन नेपाली,उमेर नखुलेकी सजना परियार, वर्ष १५ को सपना परियार,२० को प्रियङ्का बोहोरा,वर्ष ४० को माया दमाई,१३ को यसोदा परियार,२३ को रोजन सिंह रत्न,१६ को नविन बर्देवा,१२ को सन्देश रत्न र वर्ष १४ को अजित नेपाली,१४ सज्जन परियार,१६ बिनिता परियार रहेका छन् ।

    तीन जना गम्भिर घाइते आशिस परियार,सुमन नेपाली र सजना परियारलाई थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ । अन्यको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग

    पोखरा।वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक...

    न्युयोर्कमा यसरी हुदैछ नेपाल डे परेड २०२४ को भब्य तयारी , कस्को भागमा के जिम्मा ?

    न्युयोर्क । बिगत २०१६ देखी न्युयोर्कबाट सुरुवात भएको “नेपाल डे परेड” २०२४ को कार्यसमिती पुरा...

    गुप्तेश्वरमा केस डाइग्नोसिस प्रतियोगिता सम्पन्न, कन्या क्याम्पस प्रथम

    देबिका तामाङ, पोखरा। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितो शुक्रबार सम्पन्न...

    लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

    पोखरा । लेकसाइड मदिरा व्यवसायी समितिले नयाँवर्षको अवसर पारी शुभकामना आदान प्रदान तथा २०८१ सालको...

    कोरिया दश वर्ष बिताएका शिवको लोभलाग्दो ड्रागन खेती

    स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं