SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/७/१३ गते
    ५४३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गणतन्त्र छाडेर राजतन्त्रका पक्षधरलाई भोट हाल्न नमिल्ने बताएका छन् । उनले जनता, गणतन्त्र, समावेसी र समानुपातिक प्रणाली विरोधीलाई भोट हाल्नु भनेको जनता विरोधी कार्य भएकाले त्यस्ता व्यक्तिलाई मत दिन नमिल्ने स्पष्ट पारेका हुन् । नेता सिटौलाले गणतन्त्रका पक्षधरलाई मात्रै भोट हाल कार्यकर्तालाई निर्देशन दिए ।

    आज (शनिबार) झापाको बाह्रदशी–५ मा नेपाली कांग्रेस बाह्रदशीले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिटौलाले नेकपा (एमाले) माक्र्सवाद–लेनिनवाद भन्दै हिँड्ने, कांग्रेससँग मिलेर सङ्घर्ष गर्ने, मुलुकमा गणतन्त्र ल्याउने अनि अहिलेचाहिँ राजावादीलाई भोट हाल्नु भन्दै हिँड्न मिल्छ भन्दै प्रश्न गरे ।

    अघिल्लो निर्वाचनको स्मरण गर्दै नेता सिटौलाले भने,“यस क्षेत्रमा जिताएर पठाएका सांसदले यो क्षेत्रमा कस्ता–कस्ता विकास गरे, तपाईँले के पाउनुभयो, त्यसकारण यसपटकको मत खेर नफाल्न तपाईँ सबैलाई आग्रह गर्न चाहन्छु, अब तपाईँ आफैँ उम्मेदवार भएर मत माग्न जनताका घर–घर गइदिनुहोस् ।”

    नेता सिटौलाले उक्त क्षेत्रको विकासका लागि आफू लागिपर्ने र लामो सङ्घर्षपछि प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्दै सबै नागरिकलाई समृद्ध बनाउने बाटोमा डो¥याउन आफू लागिपर्ने बताए । नेपाली कांग्रेसभित्र इमान्दारिता रहेको र यो पार्टी इमान्दारिताले नै चलेको उनले उल्लेख गर्दै कांग्रेसले कुनै दिन पनि जनतालाई नझुक्याएको बताए। यसपटकको निर्वाचन व्यवस्थाको रक्षाका लागि भएको र इमान्दारिताका साथ गठबन्धनका उम्मेदवारलाई मतदान गरेर विजयी गराइदिन नेता सिटौलाले आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग

    पोखरा।वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक...

    न्युयोर्कमा यसरी हुदैछ नेपाल डे परेड २०२४ को भब्य तयारी , कस्को भागमा के जिम्मा ?

    न्युयोर्क । बिगत २०१६ देखी न्युयोर्कबाट सुरुवात भएको “नेपाल डे परेड” २०२४ को कार्यसमिती पुरा...

    गुप्तेश्वरमा केस डाइग्नोसिस प्रतियोगिता सम्पन्न, कन्या क्याम्पस प्रथम

    देबिका तामाङ, पोखरा। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितो शुक्रबार सम्पन्न...

    लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

    पोखरा । लेकसाइड मदिरा व्यवसायी समितिले नयाँवर्षको अवसर पारी शुभकामना आदान प्रदान तथा २०८१ सालको...

    कोरिया दश वर्ष बिताएका शिवको लोभलाग्दो ड्रागन खेती

    स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं