SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/२२ गते
    ४७५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा (एमाले)का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको मूल उद्देश्य ‘एमालेलाई समाप्त गर्ने’ भन्नेमात्रै भएको आरोप लगाएका छन् । शनिबार (आज) प्रेस चौतारी नेपालको स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै नेता पोखरेलले भने, ‘यो गठबन्धन एकातिर छ । अर्कोतिर नेकपा (एमाले) उभिएको छ । त्यसैले यो गठबन्धन विशुद्ध एमाले समाप्त गर्नुपर्छ भन्ने विशाक्त उद्देश्यले बनेको छ ।’

    त्यस्तै नेता पोखरेलले आफूहरुले संघीयताको बलियो कार्यान्वयन चाहेको तर, गठबन्धनमा संघीयताको ‘स’समेत सुन्न नचाहनेहरू रहेको बताए । उनले भनेका छन्, ‘हामी संघीयताको बलियो कार्यान्वयन चाहन्छौं । तर, यो गठबन्धनमा संघीयताको ‘स’ समेत सुन्न नचाहनेहरू पनि छन् । त्यही फेरि अहिले भएका सात प्रदेशले पुगेन भनेर टोकाटोक गर्ने पनि त्यही छन् । यहीबाट प्रस्ट हुन्छ कि, यो गठबन्धन कुनै मूल्य मान्यतामा आधारित छैन । एमालेको विरोध गर्ने मात्रै हो ।’

    त्यस्तै उनले सत्ता गठबन्धनलाई मुलुकको आर्थिक विकास र समृद्धिका एजेन्डासँग कुनै मतलब नभएको बताए । साथै संविधान, मूल्यमान्यता र परम्परागत अभ्यासविपरीत बनेको गठबन्धनले देशवासीको आर्थिक समृद्धि र विकासको सपना पूरा गर्नुको सट्टा देश विकास गर्नुपर्छ भन्ने सपनालाई मूर्छित पार्ने काम गरिरहेको आरोसमेत लगाए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग

    पोखरा।वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक...

    न्युयोर्कमा यसरी हुदैछ नेपाल डे परेड २०२४ को भब्य तयारी , कस्को भागमा के जिम्मा ?

    न्युयोर्क । बिगत २०१६ देखी न्युयोर्कबाट सुरुवात भएको “नेपाल डे परेड” २०२४ को कार्यसमिती पुरा...

    गुप्तेश्वरमा केस डाइग्नोसिस प्रतियोगिता सम्पन्न, कन्या क्याम्पस प्रथम

    देबिका तामाङ, पोखरा। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितो शुक्रबार सम्पन्न...

    लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

    पोखरा । लेकसाइड मदिरा व्यवसायी समितिले नयाँवर्षको अवसर पारी शुभकामना आदान प्रदान तथा २०८१ सालको...

    कोरिया दश वर्ष बिताएका शिवको लोभलाग्दो ड्रागन खेती

    स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं