SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/४ गते
    ४६६ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर |

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा संचालित रहेको नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर स्थापना भएको एक बर्ष नपुग्दै करिब चार हजार जना बिरामी तथा सेवाग्राही लाभान्वित भएका छन् l

    नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर बाट जटिल रोगरहरू, गैस्ट्रिक ( उदर रोग), मधुमेह, रक्तचाप, वातव्याधी, अर्स, स्तनपाइ महिला, जेष्ठ नागरिक स्वास्थ्य परिक्षण, प्रदर रोगी ( धातु सम्बंधित समस्या), शुक्र अल्पता लगायत छालाका रोगीहरु यस नागरिक आरोग्य सेवा केन्द्र बाट उपचार तथा परामर्श पाएका छन् l

    हाल नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर बाट पञ्चकर्म का पूर्वकर्म (स्नेहन स्वयदन) संचालन भैसकेको बाथ सम्बंधि रोगी लाई समेत पञ्चकर्म सेवा द्वारा चिकित्सा सम्पादन भैरहेको छ l

    यस केन्द्र बाट नियमित विद्यालय आयुर्वेद योग शिक्षा कार्यक्रम, जीवनशैली परिवर्तनका सामुदायिक स्वास्थ्य प्रवर्धन कार्यक्रम यस नगरपालिकामा संचालन रहेको लगायत सम्पूर्ण जानकारी नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर प्रमुख कविराज डा. नागेश्वर मिश्र ले दिनुभयो l

    नागरिक आरोग्य सेवा केन्द्र ले स्थापना काल देखि जनता समक्ष पुर्याएको सेवा सराहनीय रहेको जिल्ला बाट पाएको प्रशंसा पत्रले पुष्टि गरेको बताउदै, नागरिकको स्वास्थ्य प्रति सदैव समर्पित रहि यस केन्द्रमा औषधि लगायत अन्य पूर्वाधार प्रवाह गरि नागरिक आरोग्य सेवा केन्द्र बाट अझ प्रभावकारी सेवा सुविधा संचालन हुने विस्वास कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले व्यक्त गर्नुभयोl

    प्रतिकृया दिनुहोस्

    Loading...

    सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग

    पोखरा।वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक...

    न्युयोर्कमा यसरी हुदैछ नेपाल डे परेड २०२४ को भब्य तयारी , कस्को भागमा के जिम्मा ?

    न्युयोर्क । बिगत २०१६ देखी न्युयोर्कबाट सुरुवात भएको “नेपाल डे परेड” २०२४ को कार्यसमिती पुरा...

    गुप्तेश्वरमा केस डाइग्नोसिस प्रतियोगिता सम्पन्न, कन्या क्याम्पस प्रथम

    देबिका तामाङ, पोखरा। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितो शुक्रबार सम्पन्न...

    लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

    पोखरा । लेकसाइड मदिरा व्यवसायी समितिले नयाँवर्षको अवसर पारी शुभकामना आदान प्रदान तथा २०८१ सालको...

    कोरिया दश वर्ष बिताएका शिवको लोभलाग्दो ड्रागन खेती

    स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं