SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/२८ गते
    ५४१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । विश्व मधुमेह दिवश विभिध कार्यक्रमका साथ पर्वतमा समेत यो दिवश भब्य रुपमा मनाईएको छ । मधुमेहका बारेमा सचेतना फैलाउने र सबै मधुमेहका बिरामिहरुलाई उपचार र हेरचाह सेवाको पहुंचमा ल्याउने प्रमुख उद्देश्यका साथ यो दिबश प्रत्यक बर्ष नोभेम्बर १४ का दिनमा मनाउने गरिन्छ।

    यो दिबशलाई औपचारिक रुपमा विश्व स्वास्थ्य संगठनले सन मान्यता दिएको पाईन्छ । यस वर्ष विश्व मधुमेह दिवशको नारा Access to diabetes care, If not now, when?””अर्थात मधुमेहको हेरचाह र उपचारमा पहुंच अब पनि नभए कहिले भन्ने रहेको छ।

    स्वास्थ्य कार्यालय पर्बत, पर्बत अस्पताल र कुस्मा नगरपालीकाको संयुक्त पहलमा आयोजीत उक्त दिवशका अबशरमा जिल्ला समन्वय समिति प्रमुख मनोहर बि पौडेल प्रमुख अतिथि, जिल्ला प्रशासन कार्यालय पर्बतका प्रमुख जिल्ला अधिकारी देबि कु पाण्डे, जिल्ला समन्वय समितिबाट समन्वय अधिकारी सुरेश ढकाल, जिल्ला अस्पतालमा पर्बतका मेडिकल सुपरिटेन्डेण्ट डा ढुण्डीराज पौडेल साथै ब चिकित्सक डा. डि बि क्षेत्री, कृषी ज्ञान केन्द्र, डिभिजन बन कार्यालय, शिक्षा समन्वय ईकाई प्रमुख, पत्रकार महासंघका जिल्ला अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा मधुमेहको बिगत र बर्तमान अबस्था र यसको न्युनिकरणका लागी ब्यक्तीगत र सामुदायीक उत्तरदायीत्व बारेमा अस्पतालका बसिष्ट चिकित्सक डा डि बि क्षेत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो तत्पश्चात सबै सहभागी बिचमा अन्तरक्रीयात्मक छलफल सम्पन्न भएको थियो ।
    कार्यक्रममा बोल्दै, ..प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख मनोहर बि पौडेल र प्र जि अ देबि पाण्डे खत्रीलेमन्तब्य दिदै मधुमेह एक जटिल जनस्वास्थ्य समस्या रहेको र फरक प्रयासबाट मात्र यसको समाधान हुन सक्ने कुरा ब्यक्त गर्नुभयो।

    कार्यक्रमका अध्यक्ष तथा स्वास्थ्य कार्यालयका नि प्रमुख सन्तोष पौडेलले जनस्वास्थ्य जटिलताको जानकारी हुनु वा जनचेतना फैलाउनु मात्र पर्याप्त नभएको यसको समाधानकालागी नतिजामुखी कार्यक्रम जोड दिनु पर्ने र त्यसकालागी कुश्मा नगरपालीका संग आगामि महिनाबाट आफु मातहतका सबै स्वास्थ्य संस्थाबाट नियमित मासिक खोजपडताल शिविर संचालन गर्न छलफल अन्तीम चरणमा रहेको बताउनुभएको थियो । कार्यक्रको संचालन स्वास्थ्य कार्यालय पर्बतका कार्यक्रम अधिकृत तेज प्रशाद सुबेदिले गनुभएको थियो ।

    उक्त कार्यक्रम सम्पन्न भएपश्चात लगत्तै कुस्मा क्षेत्र वरपरका ६० बर्ष माथिका जेष्ठ नागरिक र ४० बर्ष माथिका जोखिम समुहमा रहेका सेवाग्राहिहरुको निशुल्क चिनि रोग , उच्च रक्तचाप तथा मुटुको जोखिम पहिचान समेत गरिएको थियो ।उक्त अवसरमा अन्तरक्रीया कार्यक्रममा सहभागीहरुले समेत उत्साहका साथ आफ्नो स्वास्थ्य परिक्षणमा सहभागी हुनु भएको थियो । कार्यक्रममा करिब १०० जनाले सेवा लिएका थिए भने करिब २५ जना पत्रकारहरुको समेत सहभागीता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग

    पोखरा।वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक...

    न्युयोर्कमा यसरी हुदैछ नेपाल डे परेड २०२४ को भब्य तयारी , कस्को भागमा के जिम्मा ?

    न्युयोर्क । बिगत २०१६ देखी न्युयोर्कबाट सुरुवात भएको “नेपाल डे परेड” २०२४ को कार्यसमिती पुरा...

    गुप्तेश्वरमा केस डाइग्नोसिस प्रतियोगिता सम्पन्न, कन्या क्याम्पस प्रथम

    देबिका तामाङ, पोखरा। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितो शुक्रबार सम्पन्न...

    लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

    पोखरा । लेकसाइड मदिरा व्यवसायी समितिले नयाँवर्षको अवसर पारी शुभकामना आदान प्रदान तथा २०८१ सालको...

    कोरिया दश वर्ष बिताएका शिवको लोभलाग्दो ड्रागन खेती

    स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं