SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२१ गते
    १५५७ &#२३४६;&#२३३५;&#२३२५;

    प्रमुख विपक्षी दल एमालेले भूमि समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको छ । लाखौं भूमिहीन तथा सुकुम्बासीको जमिनको अधिकार प्राप्त गर्ने मौलिक हकमाथि कुठाराघात गरेको एमालेको ठहर छ ।

    शेरबहादुर देउवा नेतृत्वको सरकारले केपी ओली सरकारले गरेका नौ सय २९ राजनीतिक नियुक्तिको कानुनी वैधानिकतामाथि प्रश्न उठाउँदै त्यसलाई खारेज गर्ने बताएको छ ।

    मंगलबारको मन्त्रिपरिषद बैठकले भूमि समस्या समाधान आयोग विघटनको निर्णय लिएको थियो । बुधबार पार्टीका तर्फबाट विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले भूमिहीनविरोधी निर्णय भएको दाबी गर्दै सच्याउन मागसमेत गरेका छन् ।

    एमालेले राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा आयोग विघटन गर्ने सरकारको निर्णयले विपन्न वर्गको अपेक्षामाथि ठूलो आँच पु¥याएको निस्ककर्ष निकालेको छ । वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको र यसले जनताको हित नगर्ने पुष्टि उक्त निर्णय गरेको आरोप एमालेको छ । नयाँ पत्रिकाबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

    काठमाडौं, । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं