SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/३१ गते
    १४१४ &#२३४६;&#२३३५;&#२३२५;

    रबिन सुवेदी, पर्वत । पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नम्बर १० पिपलटारीमा सडकको कारण २ घर र २ गोठ जोखिममा परेका छन् । स्थानिय रुपमा खनिएका सडक र नाली सानो भएको कारण जोखिमपुर्ण अबस्था भएको स्थानियले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    उपयुक्त ढल निकास नभएको कारण पिपलटारीका हरि गिरिको घर बस्नै नसकिने गरी उच्च जोखिममा रहेको छ । घर र गोठ दुबै उच्च जोखिममा परेपछि पटक पटक स्थानीय सरकार वडा कार्यालयसँग गुहार माग्दा पनि खासै ध्यान नदिएको कारण झनै जोखिम भएको गिरीको भनाई छ ।

    अबिरल रुपमा पानी परेको बेला घरबाट करिब १० मिटर तलबाट पुर्ण रुपमा भासिएको र पहिरो समेत गएको गिरीले बताएका छन् । गिरी भन्छन् लगातार पानी परेपछी निदाउन नसकिने र रात भरी घर बाहिर बस्न बाध्य भएको समेत उनले बताउछन् ।

    स्थानिय सरकार र सम्बन्धित निकायमा जानकारी गराएका छौं, कसैले वास्ता गर्दैनन् । हामी पानी परेको रात निदाउन पनि सक्दैनौं घर गोठ दुुबै जोखिममा छन् । पानीको कारण घर नजिक भासिएको छ । जिवन नै जोखिममा परेको कारण बोल्नु पर्ने भयो भन्दै गिरीले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    यस स्थानमा तत्कालै उपयुक्त ढलको निकास र सडकको नाली ब्यबस्थापन नगर्ने हो भने ठुलो जोखिम आउने अबस्था रहेको छ । सम्बन्धित निकायको ध्यान बेलैमा जावोस ।। अन्यथा ठुलो क्षती भोग्नु पर्ने अबस्था आउने छ ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग

    पोखरा।वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक...

    न्युयोर्कमा यसरी हुदैछ नेपाल डे परेड २०२४ को भब्य तयारी , कस्को भागमा के जिम्मा ?

    न्युयोर्क । बिगत २०१६ देखी न्युयोर्कबाट सुरुवात भएको “नेपाल डे परेड” २०२४ को कार्यसमिती पुरा...

    गुप्तेश्वरमा केस डाइग्नोसिस प्रतियोगिता सम्पन्न, कन्या क्याम्पस प्रथम

    देबिका तामाङ, पोखरा। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितो शुक्रबार सम्पन्न...

    लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

    पोखरा । लेकसाइड मदिरा व्यवसायी समितिले नयाँवर्षको अवसर पारी शुभकामना आदान प्रदान तथा २०८१ सालको...

    कोरिया दश वर्ष बिताएका शिवको लोभलाग्दो ड्रागन खेती

    स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं