SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/१९ गते
    ८८५ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत  ।  कुश्मा बजारको बढागाँउ चौरमा भएको दोस्रो मगर महोत्सवमा भलिबल खेल हिजो बाट शुरु भएको छ । भलिबल खेलको उद्घाटन कु.न.पा.-५ का समाजसेबी तथा परिबर्तन सहकारीका अध्यक्ष राम प्रसाद जोशी ले रेफ्री लाई बल हस्तान्तरण गरेर  उद्घाटन गर्नु भएको थियो भने बिशिष्ट अथिति मिन प्रसाद श्रेष्ठ  र अथिति श्याम जोशी हुनुहुन्थियो ।

    भलिबल खेलको पहिलो उद्घाटन खेलमा जिल्ला भलिबल संघ, पर्बत बिजयी भएको छ । जिल्ला भलिबल संघ, पर्बत र मुनाल  युवा क्लब,गंगटे बिच बेस्ट अफ फाईप  अन्तर्गत खेलाएको उक्त खेलमा  पहिलो सेट १६-२५, दोस्रो १५-२५ र तेस्रो २१-२५ को सोझो सेट मा जिल्ला भलिबल संघ, पर्बत बिजयी भएको थियो ।

    त्यस्तै दोस्रो खेल पक्कुवा ११ र विनामारे बिच भएको निकै नै रोचक खेलमा  पहिलो खेल विनामारे ले २२-२५ ले गुमाए पनि दोस्रो २५-२३  तेस्रो पनि २५-२३ र २५-१५ ले विनामारे बिजयी भएको थियो ।लिग कम नाकाउट चरण मा खेलाएको खेलमा प्रथम हुनेलाई सर्बाधिक १,५१०००/ (एकलाख एकाउन्न हजार, सिल्ड मेडल र प्रमाणपत्र) राशी रहेको रहेको  खुल्ला पुरुष भलिबल प्रतियोगिता को दोश्रो १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना २ टिमलाई ३०,०००/ (तिसहजार, सिल्ड मेडल र प्रमाणपत्र) रहेको भलिबल संयोजक शेरबहादुर चोचाङ्गी ले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो । भलिबल खेलको सम्पुर्ण ब्यबस्थापक लक्ष्मण श्रेष्ठ ,समिर जोशी, जगदीश सुबेदी र होम पुन ले गर्नु भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

    काठमाडौं, । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं