SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/२५ गते
    १३०० &#२३४६;&#२३३५;&#२३२५;

    दिपसागर पाैडेल पर्वत । पर्बत जिल्लाकै उत्कृष्ट साहित्य संस्था पर्बत साहित्य संगमको आयोजनामा साहित्यकार सुन्दर प्रसाद जोशी ज्यु द्दारा लिखित हाइकु सङ्ग्रह कृति “बादलका तरङ्गहरु”कोभिड उन्नाइसको भौतिक दुरी कायम राख्दै बिहिवार कुश्मामा एक समारोहका साथ पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ । पुर्ब बाग्लुङ बहुमुखी क्यापसका प्रमुख तथा पर्बत साहित्य सङ्गमका सल्लाहकार समेत रहनुभएका लक्ष्मीराज पौडेल द्दारा उक्त पुस्तक लोकार्पण गर्नुभएको थियोे । साहित्य लेखनको अभ्यास र उच्च बिम्बात्मत रसले भरीएको उक्त कृति एकदमै पठनिय र उत्कृष्ट रहेको कुरा कार्यक्रममा संस्थाका निबर्तमान अध्यक्ष इन्द्रमान खत्री ज्युले बोल्दै पुस्तकको समालोचना र समिक्षा गर्नुभएको थियोे ।
    हाइकु लेखनमा म कलिलै भएपनी अग्रजहरुबाट प्राप्त गरेको उत्साह मेरो लागि सबैभन्दा महत्त्वपूर्ण रहेकोे बताउदै हाइकु कबिताको ढाल भित्री आफू डुब्न नसकेको भएपनी साहित्य सिर्जना गर्नु र पाठकको सामु पस्किन पाउँदा आफू निकै खुशी भएको र कार्यक्रम भब्य र सभ्य रुपमा सफल भएकोमा पर्बत साहित्य सङ्गम परिवार प्रती एकदमै आभारी र कृतज्ञता रहेको साहित्यकार सुन्दर प्रसाद जोशी ज्युले आफ्नो भनाइ राख्नु भएको थियोे ।
    साहित्यले समाजको हेराइ र दृष्टिमा सकारात्मक उर्जा मात्रै होईन साहित्य समाजको औसधि बताउदै आफ्नो मन भित्रका अभिव्यक्तिहरुलाइ जन्माउनु ठूलो कुरा हो यसमा मानिसको बुझाइ र बैचारिक क्षमता आआफ्नै भए पनि साहित्यमा लाग्नुभएको सर्जकहरुले यस्ता कृतिहरु खोजी खोजी पढनुपर्ने आबस्यक रहेको कुरा कार्यक्रमको बिट मार्दै संस्थाका अध्यक्ष राजेन्द्र पहाडीले आफ्नो भनाइ राख्नुभएको थियोे ।  उक्त कार्यक्रम शुभकामना मन्तव्य दिदै संस्थाका संरक्षक इन्द्रकुमार बिकल्पले कोरोना कहरमा कार्यक्रम हरु स्थगन गर्न परे पनि साहित्यकारहरु घरमै रहेर सिर्जना लेखनमा पनि ब्यस्त हुनुभएको छ साथै यो कोरोना कहरका बिचमा पनि हामीलाई हाइकु प्रकाशन गहन अभिभारा हामिलाइ दिनुभएकोमा श्रष्टा सुन्दर प्रसाद जोशी बादल प्रती पर्बत साहित्य संङ्गम आभारी रहेको बताउनुभयो।
    कार्यक्रममा विभिन्न साहित्य अनुज अग्रज सर्जकहरुको बाक्लो उपस्थिति रहेकोे थियोे सबैले आ आफ्ना रचना बाचन गरी समेत सुनाउनु भएको थियोे । कार्यक्रमको स्वागत संस्थाका उपाध्यक्ष डिल्लीराम शर्माले र संचालन सचीव खेमराज शर्मा चापागाईंले गर्नुभएको थियोे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग

    पोखरा।वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक...

    न्युयोर्कमा यसरी हुदैछ नेपाल डे परेड २०२४ को भब्य तयारी , कस्को भागमा के जिम्मा ?

    न्युयोर्क । बिगत २०१६ देखी न्युयोर्कबाट सुरुवात भएको “नेपाल डे परेड” २०२४ को कार्यसमिती पुरा...

    गुप्तेश्वरमा केस डाइग्नोसिस प्रतियोगिता सम्पन्न, कन्या क्याम्पस प्रथम

    देबिका तामाङ, पोखरा। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितो शुक्रबार सम्पन्न...

    लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

    पोखरा । लेकसाइड मदिरा व्यवसायी समितिले नयाँवर्षको अवसर पारी शुभकामना आदान प्रदान तथा २०८१ सालको...

    कोरिया दश वर्ष बिताएका शिवको लोभलाग्दो ड्रागन खेती

    स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं