SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/२९ गते
    २२०५ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । हाला र्चचामा रहेको कोरोना भाइरसले लगाउने रोग कोभिड-१९ को नमुना संकलन गर्न प्रयोग हुने “स्वाब स्टिक” लुम्बिनी इन्जिनियरिङ्ग कलेजको प्राबिधिक सहयोगमा स्थानिय तहमै उत्पादन गर्न सकिने एक अनुसंधानले देखाएको छ। अनुसंधानकर्ता राम बहादुर खड्का, उपेन्द्र अर्याल, रविन ज्ञवालीरडा. रुपेन्द्र श्रेष्ठ लगायतको समुहले बिगत केही हप्ता देखिअनुसंधान गर्दै आएको थियो।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    पछिल्लो समयमा स्वास्थ्य उपकरणहरु बिदेशबाट ल्याउनुपर्ने र सो कार्यको जटिलताले गर्दा समयमै सामाग्रीहरु नआइपुग्दा स्वास्थ्य परिक्षणमा निकै कठिनाइहरु पर्दै आएको कारणले यो अनुंसधान अगाडि बढाईएको कुरा अनुसंधानकर्ता राम बहादुर खड्काले बताए। आज सो सामाग्रीको परिक्षण उत्पादन पश्चात उक्त सामाग्री लुम्बिनी इन्जिनियरिङ्ग कलेजका सदस्य सचिब डा. के. एन. पाण्डेद्वारा एक समारोहका बिच अनुंसधानटोलिलाई हस्तान्तरण गरिएको थियो।

    उक्त अनुंसधानटोलि लाई स्वाब स्टिकको नमूना प्रिन्ट गर्नका लागि थ्री-डी प्रिन्टर का अंन्वेषणकर्ता लुम्बिनी इन्जिनियरिङ्ग कलेज बि.इ. इलेक्ट्रिकल तर्फका तेस्रो सेमेस्टर का बिधार्थी बिशाल राम्दाम बि. क., ओसन कुवर को समुहले उक्त स्वाब स्टिक प्रिन्ट गरि अनुसंधानमा सहयोग गरेका थिए।

    स्मरण रहोस थ्री-डी प्रिन्टर पुलचोक इन्जिनियरिङ्ग कलेजको राष्टव्यापी प्रतियोगितामा पनि उत्कृष्ट भई देशकै प्रथम स्थान हासिल गर्न सफल भएको थियो। अनुसंधानकर्ताका अनुसार राज्यको सहयोग भएको खण्डमा थ्री-डी मास्क, फेस-सेफ्टी ग्लास, भाइरस ट्रान्सपोर्ट (VTM),साथै आरएनए आइसोलेशन किट (RNA EXTRACTION KIT) पनि स्वदेशमा नै उत्पादन गर्न सकिने बताए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी

    पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारवाही गर्ने खालको ऐन आवश्यक...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं