SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/९ गते
    ५७२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ । क्यानडालाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

    ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई सहजै पराजित गरेको हो । जितसँगै नेपाल समूह ‘बी’ को विजेता बनेको छ । एकासी रनको विजयी लक्ष्य नेपालले १४ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ३४ रनको योगदान दिए । भुर्तेलले ३७ बल खेल्ने क्रममा तीन चौकासमेत प्रहार गरे ।

    यस्तै दीपेन्द्रसिंह ऐरी ३१ बलमा २७ रन बनाउँदै अविजित रहे भने आसिफ शेखले १७ रन बनाए । बलिङतर्फ क्यानडाका कलिम साना र सलमान नाजरले एक–एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको क्यानाडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन मात्र बनायो । क्यानाडाका डिलोन हेलिगरले अविजित रहँदै २४ रनको योगदान दिए । कप्तान नभनित धालिवालले १८, रायन पठानले १४ तथा सलमान नाजरले १० रन बनाए ।

    बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । उनी प्लेयर अफ दी म्याचसमेत भए । यस्तै अविनाश बोहरा र कमलसिंह ऐरीले दुई–दुई तथा कुशल मल्लले एक विकेट लिए । जीतसँगै तीन खेलमा ६ अङ्क जोड्दै नेपाल समूह विजेता बन्यो । यस्तै ओमान तीन खेलबाट चार अङ्क जोडेर समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । क्यानडा र फिलिपिन्स भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

    अब नेपालले मङ्गलबार सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्नेछ । यस्तै अर्को मङ्गलबार नै अर्को सेमिफाइनल ओमान र आयरल्यान्डबीच हुनेछ । फाइनल प्रवेश गर्ने दुवै टोली अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आइसिसी पुरुष टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी

    पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारवाही गर्ने खालको ऐन आवश्यक...

    सक्किगो नि’ टिमको फिल्म ‘लाज शरणम्’मा जोडिए महेश त्रिपाठी

    काठमाण्डौ ।टेलिभिजन सिरियल ‘सक्किगो नि’ समूहले निमार्ण गर्न लागेको कथानक फिल्म ‘लाज शरणम्’मा कलाकार महेश...

    नेष्डो नेपालको ३०औं स्थापना दिवस एवम् संस्थापक अध्यक्षको शुभजन्मोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम हुदै

    पर्वत । पर्वतको कुश्मा आज नेष्डो नेपालको ३०औं स्थापना दिवस एवम् संस्थापक अध्यक्ष  विश्व प्रकाश...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं