SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/९/७ गते
    ४५५४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र चलेको बिवादको कारण संसद बिघटन भैसकेको छ । यस्तो अबस्थामा पार्टी एक भैरहने कुरा नै भएन । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालहरुले संगठनको अनुसासन पालना नगरेको भन्दै कारवाही गर्ने अबस्थामा उता प्रचण्ड सहितका नेताहरु भने ओलीले गम्भीर त्रुटी गरेको भन्दै कारवाही गरेका छन् ।

    पार्टी भित्र यो बिवाद चलिरहेका बेला संसद बिघटन भएको र पुर्व माओवादी तथा माधव नेपाल समुहबाट मन्त्री बनेकाहरुले राजिनामा दिएको अबस्था प्रधानमन्त्री ओलीले नयाँ मन्त्री परिषद् गठन गर्न लागेका छन् । नब गठित हुने मन्त्री परिषद्मा पर्वतमा नेकपा अध्यक्ष तथा प्रतिनिधी सभा पुर्व साँसद पदम गिरी मन्त्री हुने लगभग पक्का भएको बताइएको छ ।

    नेकपामा राम्रो संभावना भएको, पार्टी भित्र र बाहिर पनि पदम गिरी प्रति जन आर्कषण राम्रो भएको कारण ओलीको मन्त्री बनाउने लिष्टमा गिरीको नाम अग्रपंतीमा भएको बालुवाटार निकट श्रोतले सुचनाकेन्द्र डटकमलाई बताएको छ ।

    गिरी आज बसेको पार्टीको बैठकबाट केन्द्रिय सदस्य समेत चयन भएका छन् । गिरीले बिकास निर्माण लगायतको क्षेत्रमा पर्वतमा गरेको बिकासका कामहरु बारे पनि राम्रो चर्चा हुँदै आएको छ । गिरी मन्त्री भएको अबस्था ओली निकट नेकपा पर्वतको शक्त्तीआली पार्टी बन्ने र बिकास तथा समृद्धीका कामहरु पनि तिब्र गतिमा जान सक्ने नेकपाका स्थानिय नेताहरुको भनाई समेत छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग

    पोखरा।वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक...

    न्युयोर्कमा यसरी हुदैछ नेपाल डे परेड २०२४ को भब्य तयारी , कस्को भागमा के जिम्मा ?

    न्युयोर्क । बिगत २०१६ देखी न्युयोर्कबाट सुरुवात भएको “नेपाल डे परेड” २०२४ को कार्यसमिती पुरा...

    गुप्तेश्वरमा केस डाइग्नोसिस प्रतियोगिता सम्पन्न, कन्या क्याम्पस प्रथम

    देबिका तामाङ, पोखरा। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितो शुक्रबार सम्पन्न...

    लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

    पोखरा । लेकसाइड मदिरा व्यवसायी समितिले नयाँवर्षको अवसर पारी शुभकामना आदान प्रदान तथा २०८१ सालको...

    कोरिया दश वर्ष बिताएका शिवको लोभलाग्दो ड्रागन खेती

    स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं