SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/२६ गते
    १०१८ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी । बिश्वकप २००२ को बिजेता ब्राजिलियन लिजेण्ड रोनाल्डिन्हो पाराग्वेको जेलबाट रिहा भएका छन् । स्पेनिस क्लब बार्सिलोनाका पूर्व फरवार्ड रोनाल्डिन्हो र उनका दाई रोबर्टो एक महिना अघि नक्कली पासपोर्ट प्रयोग गरेको भन्दै पाराग्वेमा पक्राउ परेका थिए ।त्यसपछि उनीहरुलाई ६ महिनाको जेल सजाय सुनाईएको थियो तर उनीहरु ३२ दिनपछि जेलमुक्त भएका हुन् ।न्यायाधीश गुस्ताभो अमरिल्लाले मुद्दाको फैसाल नलाग्दासम्म उनीहरुलाई एक होटेलमा बस्नेगरी रिहा गरिएको बताएका छन् ।यसअघि अदालतले १.६ मिलियन अमेरिकी डलर तिरेर तारेखमा छुट्न सक्ने बताए पनि उक्त रकम तिर्न नसक्दा उनीहरु जेलमै बसेका थिए । रोनाल्डिन्हो पाराग्वेमा विभिन्न कार्यक्रममा भाग लिन पुगेका थिए ।रोनाल्डिन्हो र उनका दाजु पाराग्वेको एक क्यासिनो मालिक नेल्सन बेलोट्टीको निमन्त्रणामा त्यहाँ पुगेका थिए । उनीहरुसँग नक्कली कागजात भेटिएपछि होटलबाट उनीहरु पक्राउ परेका थिए ।

    रोनाल्डिन्होसँग अहिले आफ्नै देश ब्राजिलको पासपोर्टसमेत छैन । सन् २०१८ मा एक जरिवानापछि उनको पासपोर्ट खोसिएको थियो ।ब्राजिलबाट फिफा विश्वकपसमेत जितेका थिए ब्राजिललाई सन् २००२ को विश्वकप जिताउँदा रोनाल्डिन्होको भूमिका ठूलो थियो । ४० बर्षीय रोनाल्डिन्होले सन् २०१५ मा फुटबलबाट सन्यास लिएका थिए । । उनले बार्सिलोना, पीएसजी, एसी मिलानलगायत क्लबबाट फुटबल खेलेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं