SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/५ गते
    १४३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेर छुटेका लीलाबहादुर गुरुङ पुनः पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार गुरुङलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो । उनीविरुद्ध मंगलबार नै जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्यादसमेत लिएर अनुसन्धान अघि बढाइएको परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

    काठमाडौंको हाम्रो नयाँ कृषि सहकारीका उपाध्यक्ष समेत रहेका गुरुङसहित कोषाध्यक्ष रामहरि अधिकारी र सञ्चालक समिति सदस्य नवीन अछामीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

    उनीसहितका व्यक्तिले ठगी गरेको भन्दै ११ जनाले सीआईबीमा जाहेरी दिएका थिए । ११ जनाको २ करोड ६० लाख ठगी गरेको खुलेको थियो । तर पक्राउ परेकाहरूले ठगीको रकम फिर्ता गरेपछि सीआईबीले मुद्दा नचलाउने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा पठाएको थियो । सरकारी वकील कार्यालयले पनि रकम फिर्ता भइसकेकाले मुद्दा नचल्ने निर्णय गरेपछि उनीहरू छुटेका थिए ।

    तर गुरुङविरुद्ध अर्को सहकारी कल्याण उपकार सेभिङ एण्ड क्रेडिटको रकम अपचलन गरेको भन्दै ललितपुर प्रहरीमा जाहेरी थियो । कल्याण उपकारका अध्यक्ष समेत रहेका गुरुङलाई ललितपुर प्रहरीले सीआईबीबाट मंगलबार जिम्मा लिएको थियो ।

    उनीसहित सञ्चालक समितिका सात जनाविरुद्ध जाहेरी परेको थियो । सातै जनाविरुद्ध पक्राउ पूर्जीसमेत जारी भए पनि बाँकी ६ जना भने अहिलेसम्म फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।यो सहकारीले १८ करोड ७८ लाख रुपैयाँ ठगी गरेको भन्दै ९६ जनाको जाहेरी ललितपुर प्रहरीमा परेको छ । अहिले थप ४२ जनाको जाहेरी आइसकेको र उनीहरूको कति रकम ठगी भएको छ भन्नेबारे हिसाब भइरहेको प्रहरीले जनाएको छ । यस सहकारीबाट अन्य बचतकर्ता पीडित भएको भए ललितपुर प्रहरीमा सम्पर्क गर्न प्रहरीले आग्रह समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी

    पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारवाही गर्ने खालको ऐन आवश्यक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं