SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/२९ गते
    १३५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । डिफेन्डिङ च्याम्पियन ढोलाहिटि फ्रीडमले दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधी हात पारेको छ । हेटौडा भेट्रान्सलाई ४—२ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन ढोलाहिटिले दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधी हात पारेको हो ।

    उपाधी संगै ढोलाहिटिले नगद १ लाख ५५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । उपबिजेता हेटौडाले नगद ७७ हजार ७ सय ७७ मा चित्त बुझाउनु प¥यो । प्रतियोगितामा ढोलाहिटिका प्रकाश राना मगर म्यान अफ दी म्याच हुन सफल रहे । त्यस्तै प्रतियोगितामा ढोलाहिटिकै तेज बहादुर गलामी उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट खेलाडी गलामीले नगद १० हजार र ट्रफी प्राप्त गरे ।

    फाइनल खेलमा ढोलाहिटीको तर्फबाट प्रकाश राना मगरले २ गोल र सरोज थापा र राजकुमार केसीले १—१ गोल गरेभने हेटौडाका शशी गौतम र सञ्जय राना मगरले १—१ गोल गरेका थिए । प्रतियोगिताका बिजेताहरुलाई गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, अमरसिंह ब्वाइज क्लब एबिसीका अध्यक्ष राजेश गुरुङ लगायतले नगद, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

    सो अवसरमा वोल्दै गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले सरकारी स्तरबाट खेलकुदको बिकासका लागी उल्लेख्य काम हुन नसकेको वताउदै खेलकुदको बिकासका लागि स्थानिय क्लब, संघ संस्था, ब्याक्तित्वहरुको साथ र सहयोग अपरिहार्य रहेको वताइन ।

    अमरसिंह ब्वाइज क्लबका अध्यक्ष राजेश गुरुङले आफुहरुले युवाहरुलाई भन्दापनि पैचालिस बर्ष उमेर कटेकाहरुलाई लक्षित गरी आपसी भाइचारा कायम गरी शारिरीक तन्दुरुस्तीका लागि सहयोग प¥याउने उद्देश्यले खेलकुदको कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने वताउदै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ब्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं